काठमाडौँ – देशका तीन ठाउँका कुखुरामा बर्ड फ्लुको संक्रमण देखिएपछि यसले महामारी लिन सक्ने तर्फ उच्च सतर्कता अपनाइएको सरकारी निकायले जनाएका छन् ।
हेटौँडा, पोखरा र काठमाडौँको तारकेश्वरमा देखिएको बर्ड फ्लुको संक्रमण नियन्त्रण गर्ने प्रयास जारी रहेको पनि पशु सेवा विभागले जनाएको छ । महामारी फैलिएर मानिसको ज्यान समेत लिन सक्ने यो रोग चराबाट मानिसमा सर्ने गर्छ । तर पछिल्लो समय मानिसबाट पनि मानिसमा बर्ड फ्लु सरेको पाइएपछि चिकित्सकहरु थप चिन्तामा छन् ।
खास गरि छिमेकी मुलुक चीनमा मानिसबाट पनि मानिसमा बर्ड फ्लुको संक्रमण फैलिएको पाइएको सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले बताए । उनले बर्ड फ्लुको संक्रमणबाट जोगिन सुरक्षात्मक उपाय अपनाउन सर्वसाधारणलाई आग्रह गरे । विशेष गरि कुखुरा तथा पक्षीजन्य क्षेत्रमा काम गर्ने व्यक्तिहरुले सरसफाईमा विशेष ध्यान दिनुपर्ने उनको सुझाव छ ।
यसपटक हेटौँडा र काठमाडौँमा विशेष गरि लेयर्स कुखुरामा एच ५ एन वान भाइरसको संक्रमण देखिएको हो । यो त्यति खतरनाक नमानिए पनि सुरक्षाका उपाय अवलम्बन गर्न डा. पुनले सुझाव दिएका छन् ।
डा. पुनले बर्ड फ्लूको संक्रमणबाट जोगिन दिएका सुझावहरु
कुखुरा तथा पक्षीजन्य क्षेत्रमा काम गर्ने व्यक्तिले सरसफाईमा विशेष ध्यान दिने
माक्स लगाएर मात्रै खोरमा जाने, कुखुरा बेच्न राखिएका ठाउँ अर्थात कुखुरा बजारमा जाँदा पनि माक्स लगाएर मात्रै जाने
बेच्न बसेका व्यक्तिहरुले पनि मास्क र पन्जा अनिवार्य लगाउने
केही गरि खोरका कुखुरा मर्न थाले अथवा बिरामी पर्न थाले भने तुरन्तै चिकित्सकलाई सम्पर्क गर्ने
बिरामी वा मरेको पक्षीलाई नछुने, बर्डफ्लु देखिएको ठाउँमा कसैसँग हात नमिलाउने
पक्षीसँगको सीधा सम्पर्कबाट बच्ने, घरमा पालेको पक्षीको भाँडाकुँडा दिनहुँ सफा गर्ने
मासु एक सय डिग्री तापक्रममा पकाएर मात्रै खाने (एक सय डिग्रीमा पकाइसकेको मासुबाट बर्ड फ्लु सर्ने सम्भावना हुँदैन)
अण्डा राम्रोसँग उमालेर मात्रै खाने, आधा पाकेको अन्डा नखाने ।
प्रकाशित मिति : बिहिबार, चैत्र ७ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्