बुटवल ।
बुटवल लायन्स आँखा अस्पताल, लायन्स क्लब अफ बुटवल, लायनेस क्लब अफ बुटवल तथा लियो क्लब अफ बुटवल को संयुक्त आयोजनामा आज बुटवल लायन्स आँखा अस्पताल, बुटवल २ मा विश्व मधुमेह दिवश २०१९ कार्यक्रम लायन्स क्लब अफ बुटवलका अध्यक्ष लायन नरेश कुमार श्रेष्ठको सभापतित्व, लायन्स डिष्ट्रिक ३२५ बि २ का डिष्ट्रिक गर्भनर लायन अनुप पहारी एमजेफको प्रमुख आतिथ्यतामा सम्पन्न गरिएको छ । यस कार्यक्रममा डिष्ट्रिक चिफ एडभाईजर लायन आर.एस. महतोू, एरिया चिफ लायन विनोद खरेल डिष्ट्रिक कोचिफ एडभाईजर क्रमशः लायन अर्जुन मान सैजू तथा लायन निर्मल प्रसाद लाकौल , जोन चेयरपर्सन लायन दिनेश प्रसाद श्रेष्ठ बुटवल लायन्स आँखा अस्पतालका सभापति लायन रामेश्वर श्रेष्ठ अस्पतालका मेडिकल डाईरेक्टर डा. उपेन्द्र देव भारी , लायनेस अध्यक्ष लायनेस पुजन श्रेष्ठ ू, लियो अध्यक्ष लियो अभिनास श्रेष्ठू, कार्यक्रम संयोजक क्रमश लायन दिनेश श्रेष्ठ, लायनेस रमिला श्रेष्ठ, लियो प्रागेन उदयहरु लगायत लायन्स, लायनेस तथा लियो पूर्व अध्यक्ष तथा सदस्य हरु, अस्पताल प्राविधिक क्रमशः नेत्र अधिकृत ईन्दिरा जोशी, ल्याब प्राविधिक कमल गौतम तथा श्यामकला ढकालहरु लगायत मधुमेह परिक्षण गर्न आउनु भएका महानुभावहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।
कार्यक्रममा, प्रमुख अतिथि डिष्ट्रिक गर्भनर लायन अनुप पहारी द्धारा प्रयोगशाला उद्घाटन गर्नु भएको थियो तथा मधुमेह भएका २३ विरामीहरुको रगत परिक्षण हुनुका साथै (F & PP) आँखाको पर्दा जांच गरिएको थियो तथा सम्पूर्ण विरामीहरुलाई मधुमेह तथा मधुमेहका कारण आँखाको पर्दामा हुने असर र सो को लागि अपनाउनु पर्ने सावधानी बारे जानकारी मेडिकल डाईरेक्टर डा. उपेन्द्र देव भारी (नेत्र विशेषज्ञ)ूले गराउनु भएको थियो । साथै, डा. मुकेश शर्मा MBBS, MD, DM ले मधुमेह भएका विरामीहरु तथा अन्य गरि ७० जना सहभागिहरुलाई मधुमेह सम्बन्धि प्राजेक्टर मार्फत सचेतना एवम् आवश्यक परामर्श दिनु भएको थियो । कार्यक्रममा स्वागत मन्तब्य सभापति लायन नरेश कुमार श्रेष्ठबाट तथा डिष्ट्रिक चिफ एडभाईजर लायन आर.एस. महतो तथा प्रमुख अतिथि डिष्ट्रिक गर्भनर लायन अनुप पहारी हरुबाट क्लबले गरेको मधुमेह सम्बन्धि सचेतना तथा रगत परिक्षण कार्यक्रमको सराहना गर्दै सफलताको शुभकामना दिनु भएको थियो एवम् कार्यक्रम संचालन लायन्स सचिव लायन शरदमान श्रेष्ठबाट भएको थियो
प्रकाशित मिति : बुधबार, कार्तिक २७ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्