कांगे्रस कपिलवस्तुले मलखाद किसानहरुले पाउन नसकेको भन्दै बुझायो ज्ञापनपत्र

कांगे्रस कपिलवस्तुले मलखाद किसानहरुले पाउन नसकेको भन्दै बुझायो ज्ञापनपत्र

कपिलवस्तु ।
खेती गर्ने समयमा मलखाद किसानहरुले पाउन नसकेको भन्दै नेपाली कांगे्रस कपिलवस्तुले मलखादको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको छ । कृषि मन्त्रीको गृह जिल्ला कपिलवस्तु भएपनि खेती गर्ने समयमा मलखाद किसानहरुले पाउन नसकेको भन्दै ज्ञापनपत्र बुझाएका हुन जिल्लामा मलको वितरण गर्ने निकाय कृषि साम्रगी कम्पनी लिमिटेडलाई पटक पटक किसानहरुको माग बमोजिम मलखादको वितरण गर्न आग्रह गर्दा समेत लिमिटेडले मागको सुनुवाई नगरेको कारण प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाइएको हो ।
जिल्ला सचिव महेन्द्र कुमार पाठक द्धारा पेश गरिएको विज्ञप्तीमा तत्काल हिउदे खेतीको लागी आवश्यक पर्ने युरिया, डिएपी, पोटास लगायतका रासायनिक मलहरु जिललाको किसानहरुको माग अनुसार वितरणको व्यवस्था मिलाउन माग गरिएको छ । तत्काल मलखादको व्यवस्थान नगरे पार्टीको तर्फबाट आन्दोलन गर्ने समेत पाठकले बताए । प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठलाई ज्ञापन पत्र बुझाइएको छ । सो अवसरमा जिल्ला समन्यव समितिका प्रमुख नारायण खनाल, पार्टीका कोषाध्यक्ष शोहरत तेली,जिल्ला सदस्य माधव पराजुली, चर्तुभुजमणी त्रिपाठी, परमेश्वर पाठक, अनुप पाण्डेय, सोमनाथ पौडेल लगायतको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : सोमबार, मंसिर २ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij