भोलि मन्त्रिपरिषद् पुनर्गठन गर्छु: प्रधानमन्त्री ओली

भोलि मन्त्रिपरिषद् पुनर्गठन गर्छु: प्रधानमन्त्री ओली

काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भोली मन्त्रिपरिषद् पुनर्गठन गर्ने बताउनुभएको छ ।आज बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले भोली मन्त्रिपरिषद् पुनर्गठन गर्ने जानकारी गराउँदै औपचारिक कार्यक्रम नराख्न मन्त्रीहरुलाई निर्देशन दिनुभएको हो । प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै एक मन्त्रीले भन्नुभयो, “भोलि मन्त्रिपरिषद् पुनर्गठन गर्दैछु । तपाईँहरु कति पर्नुहोला कति नपर्नुहोला । अहिलेसम्म सहयोग गर्नुभएकोमा धन्यवाद ।”
प्रधानमन्त्री ओलीले यसअघि नेकपा सचिवालयको बैठकमा पनि मन्त्रीहरु परिवर्तन गर्ने बताउनुभएको थियो । मन्त्रिपरिषद् बैठक सकिएपछि प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई यस्तो जानकारी गराउनभएको थियो। “तपाईँहरुमध्ये कोही दोहोरिनुहोला, कोही हट्नुहोला । पार्टी स्थायी कुरा हो । जिम्मेवारी अस्थायी कुरा हो । भोलि मैले पुनर्गठन गर्दैछु,” प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै ती मन्त्रीले भन्नुभयो ।

प्रकाशित मिति : मंगलबार, मंसिर ३ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij