JanataToday.com

Advertisment

SKIP THIS

सामाजिक विकास मन्त्रालयले विभिन्न चेतनामूलक कार्यक्रम गरी लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान मनाउने

सामाजिक विकास मन्त्रालयले विभिन्न चेतनामूलक कार्यक्रम गरी लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान मनाउने

निरा गौतम
रुपन्देही ।
प्रदेश नं ५ को सामाजिक विकास मन्त्रालयले विभिन्न चेतनामूलक कार्यक्रम गरी लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान मनाउने तयारी गरेको छ । लैङ्गिक हिंसाविरुद्ध १६ दिने वर्ष अभियानलाई प्रदेशका १२ वटै जिल्लामा पु¥याउने गरी तयारी गरिएको मन्त्रालयले जनाएको छ ।
अभियानलाई प्रभावकारी र रचनात्मक बनाउन सरोकारवालाहरुको सुझाव लिएर कार्यक्रम तय गरिएको सामाजिक विकासमन्त्री सुदर्शन बरालले बताउनुभयो । “लैङ्गिकताबारे बुझाइमा स्पष्टता ल्याउन रचनात्मक र प्रभावकारी कार्यक्रम गर्ने तयारी गरेका छाँै”, उहाले भन्नभयो। मन्त्रालयले लैङ्गिकमैत्री बजेट र कार्यक्रम तय गरे पनि पर्याप्त कर्मचारी नहँुदा सबै जिल्लामा पुग्न भने कठिनाइ भएको मन्त्री बरालको भनाइ छ ।
मन्त्रालयले सरोकारवालाहरुको सहभागितामा चेतनामूलक कार्यक्रम गरेर लैङ्गिक हिंसाविरुद्ध १६ दिने वर्ष अभियान मनाउने सामाजिक विकास महाशाखा प्रमुख शारदा बस्यालले बताउनुभयो । लैङ्गिक हिंसा हुनै नदिने वातावरण तयार पार्न सबै सङ्घसंस्था र स्थानीय तहसँग मिलेर वर्षभरि सचेतना र सशक्तीकरणका कार्यक्रम सञ्चालन गरिने उहाको भनाइ छ ।
मन्त्रालयले लैङ्गिक हिंसा निवारणका लागि सैनामैनामा ज्येष्ठ नागरिक र अपाङ्गता ग्राम निर्माणको प्रक्रिया अगाडि बढाएको छ । यस्तै बालश्रम र बालविवाहविरुद्धको प्रदेशस्तरीय सम्मेलन, किशोर–किशोरीमाथि हुने शारीरिक तथा यौनजन्य दुव्र्यवहारविरुद्ध सचेतनामूलक कार्यक्रम गर्ने मन्त्रालयको योजना छ ।
प्रदेशमा हिंसाका घटना बढ्दै गएकाले हिंसा प्रभावित क्षेत्रमा लैङ्गिक हिंसाविरुद्धका कार्यक्रमहरु केन्द्रित गर्नुपर्ने उपसभामुख कृष्णी चौधरीको भनाइ छ । “लैङ्गिक हिंसाविरुद्ध अभियान चलाउँदा घरेलु हिंसा बढी भएको स्थानलाई प्राथमिकतामा राखेर कार्यक्रम तय गर्नुपर्छ”, उहाले भन्नुभयो।
हिंसाका घटनालाई राजनीतिकरण गरिँदा पीडितले न्याय नपाएको र पीडकले उन्मुक्ति पाउने गरेकाले यस्तो अवस्थाको अन्त्यका लागि दबाबमूलक कार्यक्रम गर्नुपर्ने प्रदेशसभा सदस्य जाल्पा भुसालले बताउनुभयो।
लैङ्गिक हिंसाविरुद्ध १६ दिने वर्ष अभियानमा मानवअधिकार दिवससमेत परेका कारण प्रदेश नं ५ को मानवअधिकार आयोगले पनि सचेतनामूलक कार्यक्रमको तयारी गरेको छ । ‘म हिंसा गर्दिनँ, हिंसा सहन्न र हिंसा हुने वातावरण बन्न दिन्न’ भन्ने भावना राखेर सचेतनामूलक कार्यक्रम तय गर्ने आयोगका निर्देशक सम्झना शर्माले बताउनभयो ।
प्रदेशका स्थानीय तहले पनि लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानमा सचेतनमूलक कार्यक्रम गर्ने तयारी गरेका छन् । यस १६ दिने अभियानमा बुटवल उपमहानगरपालिकाले विद्यालयका प्रधानाध्यापकहरुसँग लैङ्गिकमैत्री विद्यालय सम्बन्धमा छलफल गर्ने कार्यक्रम तय भएको उपमहानगरपालिकाका उपप्रमुख गुमादेवी आचार्यले जानकारी दिनुभयो ।
यसबाहेक सामाजिक सङ्घसंस्थासँग मिलेर अन्य चेतनामूलक कार्यक्रम गर्ने तयारी गरिएको उहाले बताउनभयो । प्रदेशमा क्रियाशील विभिन्न गैरसरकारी संस्थाले पनि छुट्टाछुट्टै कार्यक्रमको तयारी गरेका छन् । यो वर्ष ‘समानताको पुस्ता बलात्कारविरुद्धको ऐक्यबद्धता’ भन्ने मूल नारासहित मङ्सिर ९ गतेदेखि लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान मनाइँदै छ ।
रासस

प्रकाशित मिति : शनिबार, मंसिर ७ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij