बुटवल ।
महिलाहरू थुप्रै कारणले गर्दा गर्भपतन गराउन बाध्य हुन्छन् । गर्भपतन रहर हैन, बाध्यता हो । बच्चा पुगिसकेको तर परिवार नियोजनका साधनबारे राम्रो जानकारी र उपलब्धता नहुँदा, साधनको प्रयोग नगर्दा,साधनको प्रयोगमा त्रुटि हुँदा र साधन असफल हुँदा अनिच्छित गर्भधारण हुन्छ। त्यसैगरी विभिन्न सामाजिक कारण जस्तैअविवाहित, विधवा र गैरवैवाहिक सम्बन्धबाट गर्भधारण भएमा गर्भपतन अपनाउने गरिन्छ । यी बाहेक बलात्कार वा हाडनाता करणीको कारणले गर्भवती भएमा र आमा तथा भ्रुणको स्वास्थ्य खतरामा पर्ने भएपनि गर्भपतन गराइन्छ । यसरी गरिने गर्भपतनले समाजमा विकराल रुप लिइरहेको छ। उनीहरु आफ्नो स्वास्थ्यमा आउने समस्याहरुको कुनै प्रवाह नै नगरी गर्भपतन गराइरहेको स्वास्थ्यकर्मीहरु बताउँछन्।
असुरक्षित गर्भपतनले अत्याधिक रक्तश्राव, पाठेघरको मुखको संक्रमणका कारण विभिन्न रोगहरु उत्पन्न हुने, महिनावारीमा गडवडी, गर्भ नरहने समस्या, महिलाको प्रजनन अंग पाठेघरमा गम्भिर समस्या देखिनुका साथैसंवेदनशील अंगमा असर पुग्ने ‘लुम्बिनी प्रादेशिक अस्पतालमा कार्यरत प्रसुति तथा स्त्री रोग विषेशज्ञ डा. बबीता थापाले बताउनुहुन्छ ।गर्भपतन दुई तरिकाले गर्न सकिन्छ, औषधि र औजारद्वारा। नौ हप्तासम्मको गर्भलाई औषधि र नौ हप्ता भन्दाबढीको गर्भलाई औजार तथा उपकरणको माध्यमबाट गर्भपतन गरिन्छ, डा.थापा बताउनु हुन्छ बाह्रहप्ताभित्रमा पनि लिङ्ग पहिचान गरेर भने गर्भपतन गराउन मिल्दैन।’बाह्र हप्ताभन्दा बढीको गर्भपतनलाई गैरकानुनी मानिन्छ। यस्तो अवस्थामा गर्भपतन गराउनु स्वास्थ्यका दृष्टिकोणले समेत जोखिमपूर्ण हुन्छ।
गर्भवती महिलालाई सुरक्षित गर्भपतन गर्न पाउने अधिकार संविधानमा उल्लेख गरिएको छ। तर लिङ्ग पहिचान गरेर गर्भपतन गर्न नपाइने कानुनी व्यवस्था छ। ४२ प्रतिशत गर्भपतन मात्रै सुरक्षित तरिकाले भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक रहेको छ।
गर्भपतनले कानूनी मान्यता पाएको कुरा सर्वसाधारण महिलासम्म जानकारी नहुँदा असुरक्षित गर्भपतन संख्या बढिरहेको वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा बबीता थापा बताउनहुन्छ।उहा भन्नुहुन्छ असुरक्षित गर्भपतनका निम्न परिणामहरू हुनसक्छन् ।
.पाठेघरमा चोटपटक लाग्न सक्ने हुनाल त्यसबाट सङ्क्रमण हुनथाल्दछ ।
.पाठेघर, पिसाव थैली, आन्द्रा आदिमा चोट लाग्न गई प्रजनन् प्रणालीमा नै स्थायी समस्या आउने हुन्छ । जसको जटिल समस्या बाझोपन पनि एक हो ।
.अदक्ष व्यक्तिले गराउँने हुनाले पुर्णरूपमा गर्भपतन नगराई पाठेघरमा भ्रुँणको अंश वाँकि बस्न सक्दछ हुनसक्दछ, त्यसले पछि पाठेघरमा झन जटिल समस्या आइलाग्छ । जस्तै रक्तश्राव, पाठेघरको सङ्क्रमणआदि ।
.रगत बग्न नथामिने अवस्था आउँछ जसले गर्दा गर्भवतीको आमाको ज्यानै जान्छ । प्राय असुरक्षित गर्भपतन गराउँदा रगत बगेर नै धेरै महिलाहरुको ज्यान गएको छ ।
.पाठेघर नै काटेर निकाल्न पर्ने अवस्था आउँन सक्छ ।
.लामोसमय पाठेघरमा सङ्क्रमण हुनाले बाँझोपन हुनजान्छ ।
.योनीबाट असामान्य रुपमा रगत बग्ने समस्या आउँन थाल्दछ तल्लोपेट र पाठेघर लगातार दुखिरहने समस्या आउँछ ।
.राम्रोसँग निर्मलीकरण नगरिएका औजार तथा सफासँग हात नधोई वा दोहो¥याएर प्रयो गरिएको पञ्जा मार्फत फोहर वस्तु योनीमा पुग्दा सक्रमण हुन जान्छ । जस्तै धनुष्टङ्कार र अन्य रोगहरूको सक्रमणको खतरा ।
.आमाको मानसिक तथा शारीरिक स्वास्थ्यमा खराब असर पर्ने हुन्छ ।
. डिम्ब बाहिनी नलीमा गर्भ रहनु ।
असुरक्षित गर्भपतन रोकथाम गर्न निम्न कार्य गर्न सकिन्छ ।
.कानुनको प्रचारप्रसार गरी गर्भपतन सम्बन्धी व्यवस्थाबारे सबैलाई सचेत गराउने ।
.असुरक्षित गर्भपतनबाट हुन सक्ने खतराबारे मानिसको चेतना बढाउने ।
. गर्भपतनसम्बन्धी सेवा दिने स्वास्थ्यकर्मीलाई थप तालिम दिई उनीहरूको सीप बढाउने
. परिवार नियोजन सेवालाई प्रभावकारी बनाई अनिच्छित गर्भ रहने अवस्थालाई कम गराउने ।
मान्यताप्राप्त स्वास्थ्य संस्था वाहेकका स्वास्थ्य संस्थाले महिलालाई करकापमा पारी गर्भपतन गरेमा वा अवैधरुपमा गर्भपतन गराउने कार्य गरेमा तीन वर्षसम्मको कारावासको सजायँ हुने कानुनमा व्यवस्था छ । यदि कुनैपनि स्वास्थ्य संस्थामा गाइनोक्लोजिक्टले १४ दिनको तालिम लिएपछि मात्रै ८ हप्तासम्मको गर्भपतन गराउन पाउने छन् । यसैगरी अस्पतालका मेडिकल अधिकृतले १० दिनको तालिम लिएपछि १२ हप्ता तथा सोभन्दामाथिका लागि थप १० लिन तालिम लिनुपर्ने व्यवस्था रहेको छ ।अहिले सरकारी स्वास्थ्य संस्थाहरूबाट निस्शुल्क गर्भपतन गराउन पाइन्छ
प्रकाशित मिति : आइतबार, मंसिर ८ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्