JanataToday.com

Advertisment

SKIP THIS

तिलोत्तमाका गर्भवती महिलालाई निःशुल्क क्यालसियम

तिलोत्तमाका गर्भवती महिलालाई निःशुल्क क्यालसियम

तिलोत्तमा
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले गर्भवती महिलालाई क्यालसियम निःशुल्क उपलब्ध गराउने भएको छ । गर्भवती महिला तथा शिशुको पोषणमा सुधार ल्याउन नगर कार्यपालिकाको ७४ औं बैठकले स्वास्थ्य संस्थामार्फत् क्यालसियम निःशुल्क उपलब्ध गराउने निर्णय गरेको हो ।

गर्भवती भएको तीन महिनादेखि सुत्केरी भएको ४५ दिनसम्म दैनिक एक चक्की क्यालसियम खानुपर्ने स्वास्थ्यकर्मीहरु बताउँछन् । स्वास्थ्यकर्मीले गर्भवती महिलालाई क्यालसियम नियमित खान सिफारिस गरे पनि सरकारी स्वास्थ्य संस्थामा निःशुल्क नपाइँदा किनेर खानुपर्ने बाध्यता छ ।

नगरपालिकाको यो निर्णयसँगै अब तिलोत्तमाका सबै गर्भवती महिलाले आइरन चक्कीसँगै क्यालसियम पनि निःशुल्क प्राप्त गर्नेछन् । शिशुको हड्डी तथा मानसिक विकासको लागि क्यालसियम आवश्यक पर्ने स्वास्थ्यकर्मीहरु बताउँछन् । आमाको गर्भबाटै बच्चाले आवश्यक पोषक तत्वहरु पाउन सकुन् भन्ने उद्देश्यले गर्भवती महिलालाई क्यालसियम चक्की निःशुल्क प्रदान गर्ने निर्णय गरिएको नगर प्रमुख बासुदेव घिमिरेले बताउनुभयो ।

’कार्यपालिकाबाट नीतिगत निर्णय गरेका छौं । आवश्यक प्रक्रियापछि सबै गर्भवती महिलाले नगरपालिका मातहतका स्वास्थ्य संस्थामार्फत् निःशुल्क क्यालसियम पाउनुहुनेछ ।’ नगर प्रमुख घिमिरेले भन्नुभयो । संभवत तिलोत्तमाले यस क्षेत्रमैं पहिलो पटक क्यालसियम निःशुल्क वितरण गर्ने निर्णय गरेको हो ।

तिलोत्तमा नगरपालिकाका दश वटा सरकारी स्वास्थ्य संस्थामार्फत् वार्षिक तीन हजार बढी महिलाहरुले सुरक्षित मातृत्व सेवा लिने गरेका छन् । नगर उप–प्रमुख जागेश्वरी चौधरीले आमाको गर्भमा रहेका कुनैपनि शिशु पोषकतत्वको अभावबाट प्रभावित हुन नपरोस् भनेर क्यालसियम प्रदान गर्ने कार्यक्रम अघि बढाइएको बताउनुभयो ।

भौतिक पूर्वाधार निर्माणलाई मात्र विकास ठान्न नहुने भन्दै उहाँले बच्चाको स्वास्थ्य राम्रो हुनु ठूलो विकास हुने बताउनुभयो । क्रिमसन अस्पतालमा कार्यरत स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. रुक्सना हकले क्यालसियमले गर्भवती महिलामा ढाड दुख्ने, हड्डी खिइने जस्ता समस्यालाई पनि कम गर्ने बताउनुभयो । ’हाम्रोजस्तो मुलुकमा पोषणमा सुधार ल्याउन गर्भवती महिलाका लागि क्यालसियम अनिवार्य छ । हामीले सबै महिलालाई क्यालसियम खान प्रेसकिप्ट गर्छौं । यसले आमा र बच्चा दुवैलाई राम्रो गराउँछ ।’ उहाँले भन्नुभयो ।

तिलोत्तमा नगरपालिकाले नेपाल सरकारको आमा सुरक्षा कार्यक्रममा पाइने सेवा–सुविधाको अतिरिक्त बर्थिङ सेन्टरमा सुत्केरी सेवा लिने महिलालाई पाँच सय रुपैंयाँ प्रोत्साहन भत्ता समेत उपलब्ध गराउँदै आएको सिनियर अहेव अधिकृत गणेश गौतमले बताउनुभयो । तिलोत्तमामा सेमरा बजार र आनन्दवन स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर छन् । सबै वडामा कम्तिमा एउटा सरकारी स्वास्थ्य संस्था पुर्याउने योजनाअनुरुप चालु आर्थिक वर्षमा तिलोत्तमामा थप ५ वडामा शहरी स्वास्थ्य केन्द्र निर्माण हुँदैछन् ।

प्रकाशित मिति : सोमबार, मंसिर ९ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij