प्रधानमन्त्रीको एपेन्डिसाइटिसको शल्यक्रिया सफल

प्रधानमन्त्रीको एपेन्डिसाइटिसको शल्यक्रिया सफल

काठमाडौं,  प्रधानमन्त्री केपी शर्मा ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया सफल भएको छ । त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालको मनमोहन ‘कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर’मा एपेन्डिसाइटिसको गरिएको उहाको शल्यक्रिया सफल भएको हो ।

प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षणका क्रममा मंगलबार बिहान सो सेन्टरमा जानुभएको थियो । उहालाई एपेन्डिसाइटिस भएको पत्ता लागेपछि चिकित्सकले शल्यक्रिया गरेको उहाका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । उहाले शल्यक्रिया सफल भएको बताउनुभयो ।

उपचारमा प्रा डा अरुण सायमी, प्रा डा रमेशसिंह भण्डारीलगायतका टोली संलग्न छन् । चिकित्सकका अनुसार एपेन्डिसाइटिस भएमा जति सक्यो चाँडो यसको शल्यक्रिया गर्नुपर्ने हुन्छ । यसअघि प्रधानमन्त्री ओलीको मिर्गौलामा समस्या आएपछि डायलासिस गरिएको थियो ।

प्रकाशित मिति : मंगलबार, मंसिर १० २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij