दाङ ।
समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले संविधान संशोधन अगाडि नबढाए सरकारवाट बाहीरिने बताउनु भएको छ । दाङको तुलसीपुरमा आज पत्रकार संगको भेटघाटमा अध्यक्ष भट्टराईलेउहाले यसअघि नै संविधान संशोधन अगाडि नबढे सरकारबाट बाहीरिने सम्झदारी रहेको स्मरण गर्दै त्यसो नभए तत्कालै सरकारबाट बाहीरिने बताउनु भयो प्रधानमन्त्रीले विरामी अवस्थालाई देखाएर र प्रचण्डले यो उपनिर्वाचनको बाहाना बनाएर वार्ता पंछाउन खोजेपनि निर्वाचन लगतै वार्ता गरेर यो सवाललाई टुङ्गोमा पु¥याउने बताउनुभएको छ । पछिल्लो समय भारतले नेपाली भूभाग लिपुलेक,कालापानी लगाएका भूभाग समेटेर नयाँ नक्शा जारी गरेको प्रति आपत्ति जनाउँदै त्यसलाई सरकारले कुटनीति तवरले राजनीतिक उच्चस्तरिय वार्ताद्धारा समाधान गर्नु उपयुक्त हुने उहाँले सुझाउनु भएको हो ।
भारत, चीन र अमेरिका जस्ता त्रिपक्षी शक्तिहरु मध्य कुनैपनि शक्तिप्रति नढल्किएर तथा कसैलाई पनि नचिढ्याइकिन नेपालको राष्ट्रिय हितका लागि प्रगतिशिल राष्ट्रबादको नीति लिन जरुरी रहेको उहाँले तर्क गर्नु भयो । उहाँले दलहरुले आफ्नो अनुकुलतामा स्वार्थको निम्ति कहिले चर्काइदिने र कहिले चुप लागेर बस्नु गतल भएको धारणा राख्नु भयो ।
फरक प्रशंगमा भट्टराईले दलिय भागवण्डामा निर्माण गरिएको हुँदा अख्तियार दुरुपयोग अनुसन्धान आयोग अत्यन्तै कम्जोर प्रकृतिको भएको भन्दै त्यसले साना माछालाई समातेपनि ठूला माछालाई समात्न नसक्ने दाबी गर्नुभयो । उहाँले त्यसको ठाउँमा जनताप्रति पूर्ण उतरदायी हुनेगरी सर्व शक्तिमान लोकपालको व्यवस्थ गर्नुपर्ने आवश्यक्ता औंल्याउनु भएको छ ।
प्रकाशित मिति : बिहिबार, मंसिर १२ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्