गुल्मी।
गुल्मीको रूरूक्षेत्र गाँउपालिका वडा नम्बर ६ रिमुवामा सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा ले ७५ मत अन्तरले जित हाँसिल गरेको छ ।
हिजो सम्पन्न उप निर्वाचनमा नेकपाका तर्फबाट उम्मेद्बारी दिएका गिरी प्रसाद सिञ्जाली ८०२ मतसहित विजयीहनुभएको हो । उहाका निकटतम् प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका वेद बहादुर दर्लामीले कुल ७२७ मत प्राप्त गर्नुभयो ।
रिमुवामा कुल २०४८ मतदाता रहेका थिए । जसमध्ये एक हजार ५४४ मत खसेको थियो । खसेको मतमध्ये स्वतन्त्र उम्मेदवार मीन बहादुर दर्लामीले १ मत प्राप्त गरे भने १४ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ ।
प्रकाशित मिति : आइतबार, मंसिर १५ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्