बुटवल ।
प्रदेश ५ का समाजिक विकास मन्त्री सुर्दशन बरालले एम्बुलेन्स चालकहरुले अस्पताल संगको चिनजानको आधारमा एउटा रोगको विरामीलाई अर्को रोगको उपचार हुने अस्पताल लाने गने पाइएकोले यस्तो प्रवृति तुरुन्तै रोक्न पर्ने बताउनभएको छ ।संयुक्त एम्बुलेन्स चालक संघ नेपाल रुपन्देहीको आयोजना बुटवलमा एम्बुलेन्स सञ्चालनमा समस्या र समाधान विषयका अन्तारक्रिया कार्यक्रम उहाले एम्बुलेन्स भनेको सेवनशिल पेशा भएको हुदा एम्बुलेन्स चालकलाइ सोही अनुसारको तालिम तथा अन्य आवश्यक बन्दोबस्त गर्न प्रदेश सरकार तयार रहेको बताउनुभयो ।
उहाले बिरामीका लागि तथा दुर्घटना लगायगतको समयमा एम्बुलेन्स चालकलहरुको भुमिका महत्पूर्ण हुने भन्दै यसको लागि चालकहरुलाई प्रथमिक उपचारको तालिम प्रदान गर्ने गरी सरकार कार्य अगाडी बढाएको बताउनुभयो ।
कार्यक्रममा बोल्दै संयुक्त एम्बुलेन्स चालक संघ नेपालका केन्द्रीय केन्द्रीय महासचिव मुक्ती काफ्ले , संयुक्त एम्बुलेन्स चालक संघ रुपन्देहीका अध्यक्षसुरज तिवारीले अहिले पनि एम्बुलेन्स चालकहलरुलाई हेर्ने व्यवहार फरक नभएको बताउनुभयो । एमरजन्सीमा रहेको विरामी बोकेको एम्बुलेन्सलाई बाटोमा जामममा पार्ने, प्रथमिकता नदिने लगायतका समस्याहरु झेल्दै आएको बताउनुभयो ।
कार्यक्रममा गौतम बुद्ध सामुदायिक मुटु अस्पतालका अध्यक्ष एजाज आलम, बुटवल उद्योग बाणिज्य संघका गोपाल ढकाल, भुपु शैनीक कल्याणकारी संघका महासचिव कुल प्रसाद केसी, नेपाल रेडक्रस सोसाईटी जिल्ला सभापती प्रेमलाल उदास, पश्चिम नेपाल बस व्यवसायी प्रालिका उपाध्यक्ष जीवन कुमार बन्जाडे, चालक संघबाट जिल्ला उपाध्यक्ष दुर्गाप्रसाद बस्याल लगायत बोल्नुभएको थियो ।
प्रकाशित मिति : शनिबार, मंसिर २१ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्