उपनिर्वाचनले जनाधार काँग्रेससंगै छ भन्ने शन्देश दिएको छ : काँग्रेस सभापती देउवा

उपनिर्वाचनले जनाधार काँग्रेससंगै छ भन्ने शन्देश दिएको छ : काँग्रेस सभापती देउवा

 

बुटवल
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले हालै सम्पन्न उपनिर्वाचनले जनाधार काँग्रेससंगै छ भन्ने सन्देश दिएको बताउनु भएको छ।नेपाली काँग्रेस सिद्धार्थनगर नगर समितीको भेला तथा ह्वील चियर र साइकल बितरण कार्यक्रमलाई आज भैरहवामा सम्बोधन गर्दै सभापति देउवाले धरान जस्तो ठाँउमा जनताले काँग्रेसलाइ मत दिएर जनाधार काँग्रेसकै पक्षमा रहेको सन्देश दिएको बताउनु भएको हो । जनता कम्युनिष्ट भए भन्ने कुरा पुर्णत गलत रहेको उल्लेख गर्दै उहाले पार्टी भित्रका कमीकमजोरीलाइ सुधार गर्दै आगामी दिनमा अझ उर्जाबान र एक नम्बरको पार्टी बनाउने बताउनु भयो ।
काँग्रेस चलायामन पार्टी भएकोले कहिले काँही जनमत तलमाथि भएपनि त्यसले जनाधारलाइ झन बलियो बनाउने बताउनु भयो । दाङ र पोखराको हारलाइ भने उहाँले सहानुभुतीको मतले काम गरेको हुन सक्ने बताउनु भयो । ‘त्यहा महिलाले जित्नुभयो । उहाँहरुसंग सहानुभुतीको मत पनि थियो’ । तर सहानुभुती मतले मात्रै हो वा अन्य फ्याक्टर पनि छ त्यस बारेमा गम्भिर समिक्षा गर्नेछौं’ सभापती देउवाले भन्नुभयो ।
पार्टी भित्र अन्तरघातको संस्कृति हटन नसकेको स्वीकार गर्दै देउवाले अन्तरघातको रोगलाइ सदाकालागि अन्त्य गर्ने प्रतिवद्धता पनि जनाउनु भयो । अन्तरघात रहदा सम्म पार्टी उभोलाग्न नसक्ने भन्दै उहाले अन्तरघातीलाइ कडा कारबाही गरेर पार्टीलाइ बलियो बनाउने दोहोरयाउनु भयो । ‘पार्टीकै नेता कार्यकता हुँ भन्ने अनि आफ्नैलाइ हराउने ? त्यस्तो पनि गर्न पाइन्छ ? अव कडा हुनु पर्छ । अन्तरघातीलाइ कारबाही गरेरै छोडिन्छ’ देउवालेभन्नुभयो । अन्तरघात डरलाग्दो रोग भएकाले यसलाइ निर्मुल पार्ने बताउनु भयो ।
कार्यक्रममा नेपाली काँग्रेस संसदिय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले मानवअधिकार, भुमी सम्बन्धि अधिकार, प्रेश स्वतन्त्रता जस्ता मौलिक अधिकार खोसेर ओली सरकारले लोकतन्त्रमाथि नै प्रहार गरीरहेको दावी गर्नु भयो । लोकतन्त्रको रक्षा र जनताको पक्षमा नेपाली काँग्रेसका हरेक नेता कार्यकर्ताले बलिदानी दिन तयार रहेको भन्दै उहाँले सरकारले गर्नु पर्ने काम नगरेर ठुला गफ मात्रै गरेको बताउनु भयो । नेपाली जनताको जीवनमा राम्रो हुने काम लाग्ने एउटै काम गरेर देखाउन चुनौती दिदै पुर्व रक्षामन्त्री समेत रहेका खाँणले भन्नुभयो ‘ओली ज्यु सक्नुहुन्छ भने जतालाइ ठुला सपना मात्रै होइन शारीरिक अपाङ्गता भएका जनतालाइ ह्वील चीयर बाँडनुस । घण्टौ पैदल हिडन नसकेर स्कुल छाडन बाध्य गरिब बिपन्न परिवारका बालबालिकालाइ साइकल बाँडनुस’ । कहिले काही मतपरिणाम कमजोर जस्तो देखिएपनि काँग्रेसको लोकप्रियता फेरी परमाणित भएरै छाडने बताउनु भयो । नेता खाँणले रुपन्देही जिल्ला काँग्रेसको किल्ला हुने दावी गर्नु भयो । कार्यक्रममा जिल्ला सभापती अब्दुल रज्जाक,क्षेत्रीय सभापती मातृका यादव,नगरसभापती दिलीप धिताल, राजकुमार गुप्ता, कोषिष खड्का,वशन्तकुमार लालकर्ण, सञ्जिव रेग्मी लगायतले बोल्दै उपनिर्वाचनको परिणामले सन्तोष दिलाएपनि सन्तुष्टि हुनुपर्ने अवस्था भने नआएको बताउनु भयो । व्यक्ति बलियो हुने तर पार्टी कमजोर बनाउने प्रबृत्तिको अन्त्य हुनुपर्नेमा जिल्लाका नेताहरुले जोड दिएका थिए । सो अवसरमा काँग्रेस सिद्धार्थनगर समितिले शारीरिक रुपमा अपाङ्ग भएका ५ जनालाइ ह्वील चियर र विपन्न परिवारका ४४ जना स्कुले बालबालिकालाइ साइकल बितरण गरेको थियो । पार्टी सभापती शेरबहादुर देउवाले हवील चियर र साइकल बितरण गर्नु भएको हो ।

प्रकाशित मिति : शनिबार, मंसिर २१ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij