काठमाडौं
नेपाली कांग्रेसले उपनिर्वाचनको समीक्षा गर्न केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । मंसिर १४ मा सम्पन्न उपनिर्वाचनको समीक्षा गर्न कांग्रेसले मंसिर २६ गते केन्द्रीय कार्यसमिति बैठक बोलाएको हो । मंसिर २६ गते दिउँसो १ वजे बोलाइएको केन्द्रीय कार्यसमिति बैठकमा उपनिर्वाचनको समीक्षासँगै समसामयिक विषयमा छलफल गरिने कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।
“मंसिर २६ गते बोलाइएको केन्द्रीय कार्यसमिति बैठकमा उपनिर्वाचनको समीक्षा, भ्रातृ संस्थाहरुलाई दिएको समयावधि, कालापानी क्षेत्रमा भारतले गरेको सीमा अतिक्रमणलगायतका समग्र विषयमा छलफल हुन्छ,” उहाले भन्नुभयो। मंसिर १४ मा सम्पन्न उपनिर्वाचनमा कांग्रेसले प्रदेशसभाको एक सिट, उपमहानगरपालिकाको मेयर पद एक र ११ स्थानमा वडाअध्यक्षमा जितेको थियो । कांग्रेसले भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ ‘क’ मा प्रदेशसभा सदस्य, सुनसरीको धरान उपमहानगरपालिकामा मेयर र विभिन्न जिल्लाका ११ वटा वडामा वडाध्यक्षमा जीत हात पारेको हो ।
कास्की– २ मा प्रतिनिधिसभा र दाङ निर्वाचन क्षेत्र नम्बर ३ ‘ख’ तथा बाग्लुङ निर्वाचन क्षेत्र नम्बर २ ‘ख’ मा कांग्रेस पराजित भएको थियो । यस्तै पाँचथरको फाल्गुनन्द गाउँपालिका, संखुवासभाको मकालु गाउँपालिका र महोत्तरीको पिपरा गाउँपालिकामा अध्यक्ष पदका लागि र हुम्लाको खार्पनाथ गाउँपालिकामा उपाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा पनि कांग्रेस पराजित भएको थियो । कांग्रेसले विभिन्न जिल्लाका ४३ वडामा वडाध्यक्षका लागि भएको उपनिर्वाचनमा मात्र ११ वडामा जित हात पारेको थियो ।
प्रकाशित मिति : मंगलबार, मंसिर २४ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्