बच्चाहरुलाइ जाडो मौसममा अरु बेलामा भन्दा बढी स्याहार गर्नु पर्छ:बाल रोग बिषेशज्ञ डा.पन्थी

बच्चाहरुलाइ जाडो मौसममा अरु बेलामा भन्दा बढी स्याहार गर्नु पर्छ:बाल रोग बिषेशज्ञ डा.पन्थी

डा. बाल रोग बिषेशज्ञ किरण पन्थी

बच्चालाई न्यानो कपडा, टोपी, पञ्जा, मोजा लगाएर प्राकृतिक रुपमै न्यानो बनाएर राख्नुपर्छ । कोठामा बच्चाले खेल्ने ठाउँमा कार्पेट ओछ्याउने, घर बाहिर लैजाँदा मास्क लगाएर मात्र निकाल्यो भने चिसोबाट हुने रोगबाट बचाउन सकिन्छ। बच्चा बस्ने र सुत्ने कोठा सधै हावा खेल्ने तर न्यानो बनाएर राख्नुपर्छ । जाडो छ भन्दैमा धेरै बाक्ला लुगा लगाएर अनि ओढाएर बच्चालाई असजिलो र गुम्म पार्नुहुँदैन ।

बुटवल ।

जाडौ समय मैसममा सुरु भएको छ ।जाडो मौसममा बच्चाहरुलाई धेरै समस्याले सताउने गर्छ । बच्चाहरुलाइ जाडो मौसममा अरु बेलामा भन्दा बढी स्याहार गर्न सुसार गर्नु अति नै जरुरी पर्छ यसै सम्बन्धी जनता टुडे मिडिया प्रा.लि बाट सिता बरालले बाल रोग बिषेशज्ञ डा. किरण पन्थी संग गरेको कुराकानी ।

जाडो मौसममा बच्चाहरुलाइ कस्ता समस्या देखा पर्दछन ?

जाडोमा बच्चाहरुलाई सामान्यतया रुघाखोकी, पखाला जस्ता समस्या देखिन्छन् । हावापानीमा धेरै किसिमका भाइरस पाइने भएकाले तिनले यस्ता समस्या निम्त्याउने गर्छन्।जाडोयाममा प्रायः बच्चाहरुलाई रुघाखोकीले सताउने गर्छ ।

बढीमात्रमा कस्ता बच्चालाइ रुघाखोकीले सताउछ ?

रुघाखोकीले ५ वर्षमुनिका बच्चाहरुलाई बढी सताउँछ । आमाको मात्र दूध खाने बच्चालाई सुरुको अवस्थामा रुघा कम लाग्छ । तर, ५र६ महिना कटेपछि समस्या देखिन थाल्छ । चिसोले रुघाखोकी हुँदै उनीहरुलाई निमोनियासम्मका रोग लाग्न सक्छ।

सरकारले साना बच्चाहरुलाई निमोनियाबाट जोगाउन खोप कार्यक्रम सञ्चालन गर्दै आएको छ । त्यसैले पछिल्लो समय कडा खालका निमोनिया भनेर अस्पताल आउनेहरुको संख्या धेरै  घटेको पाइन्छ। चिसोबाट हुने एलर्जीले पनि बच्चाहरुलाई धेरै दुःख दिएको पाइन्छ । रुघाखोकीका साथै दम बढ्ने, छाती घ्यारघ्यार हुने, श्वासप्रश्वास सम्बन्धी समस्या बढी देखिन्छ । नाक बन्द भइराख्ने, सिँगान बगिराख्ने समस्या त आम समस्या नै भयो ।

जाडो महिनामा बच्चामा देखिने अर्को समस्या हो, पखाला । यो समस्या पनि ६ महिनादेखि पाँच वर्षमुनिका बच्चामा देखिन्छ । धेरैजसो पखाला रोटा, नोरक, इन्टोरो, सिगेला इकोलाइ लगायत भाइरसले गराउँछन् । नेपाल सरकारले रोटा भाइरस विरुद्धको खोप ल्याउने तयारी गरेको छ।

जाडोमा आउँले पनि बच्चाहरुलाई निकै सताउँछ । पखालाको तुलनामा आउँले सिकिस्त नै पार्ने गर्छ।

बच्चाहरुलाई पखाला लाग्नुको कारण के हुन सक्छ?

बच्चाहरुलाई पखाला लाग्नुको कारण उनीहरुले सरसफाइमा ध्यान नदिनु नै हो । फोहोरमा खेल्ने, हात नधोई खाने जस्ता कारणले उनीहरुलाई पखालाले सताउँछ । यसपाली भने पखाला र रुघाखोकी लागेर गत वर्षको तुलनामा कम बिरामी आएका छन्।

मथिका समस्याका समाधान के के हुन सक्छ ?

बच्चालाई न्यानो कपडा, टोपी, पञ्जा, मोजा लगाएर प्राकृतिक रुपमै न्यानो बनाएर राख्नुपर्छ । कोठामा बच्चाले खेल्ने ठाउँमा कार्पेट ओछ्याउने, घर बाहिर लैजाँदा मास्क लगाएर मात्र निकाल्यो भने चिसोबाट हुने रोगबाट बचाउन सकिन्छ। बच्चा बस्ने र सुत्ने कोठा सधै हावा खेल्ने तर न्यानो बनाएर राख्नुपर्छ । जाडो छ भन्दैमा धेरै बाक्ला लुगा लगाएर अनि ओढाएर बच्चालाई असजिलो र गुम्म पार्नुहुँदैन । कतिपय बच्चा सिरक ओढ्न नरुचाएर पटकपटक फाल्छन् । यसैले पातला दुइटा लुगा लगाइदिएर ठिक्क बाक्ला दुइटा लुगा ओढाइदिनुपर्छ । यसपछि पनि बच्चाले लुगा फाल्यो कि भनेर राति उठेर बेलाबेला हेर्नुपर्छ।जाडोयाममा बच्चालाई यी धेरै समस्या देखिने भएकाले सरसरफाइसहित विभिन्न कुरामा ध्यान पुर्याउनुपर्छ । न्यानो भएर बस्ने, रुघा लागेको मान्छेसँग घुलमिल नगर्ने, बासी खानेकुरा नखाने, चिसो चिज सकेसम्म नखाने, उमालेको पानी मात्र खाने गर्नुपर्छ ।बच्चालाई पनि ठूला मान्छेलाई जस्तै जाडो महिनामा खाना रुच्ने गर्छ । त्यसैले स्वच्छ र तातो खानेकुरा बेलाबेला खुवाउनु जरुरी हुन्छ । बच्चालाई बिहानको पकाएको कुरा बेलुका ख्वाउने गर्नु हुँदैन । सानो बच्चालाई ताते र झोलिलो खानेकुरा पटक–पटक ख्वाउनुपर्छ । तातो बाक्लो दाल ख्वाउने गर्नाले बच्चाहरु स्वस्थ हुन्छन् र आवश्यक क्यालोरी पनि पाउँछन्।

सरसफाइमा ध्यान दिने

कतिपय अभिभावक रुघाखोकी लाग्छ भनेर लामो समय बच्चालाई ननुहाइदिने चलन छ । यो झन् घातक हुन्छ । बच्चाको सरसफाइ नियमित गरेको छ भने उसलाई जतिपटक नुहाए पनि रुघाखोकी लाग्ने सम्भावना हुँदैन । तर, सानो हुँदा नुहाइदिन कम गरिएको छ भने पछि गएर नुहाउनासाथ समस्या देखिन्छ । ननुहाउँदा विभिन्न खालका खटिराजन्य संक्रमण पनि हुन्छ । त्यसैले बच्चालाई सानैदेखि नियमित नुहाउने र सरसफाइमा ध्यान दिने गर्नुपर्छ ।

फलफूल खुवाउनुपर्छ चिसो हुन्छ भनेर बच्चालाई फलफूल खुवाउन हुँदैन भनिन्छ । तर, मौसमअनुसार पाइने फलफूललाई राम्ररी पखालेर खुवाउनुपर्छ । अझ तातो पानीले पखाल्दा त्यसमा भएका केमिकल पनि धोइने हुँदा स्वास्थ्यलाई पनि राम्रो गर्छ । सानो बच्चालाई पकाएर मिचेर खुवाउँदा राम्रो हुन्छ ।

घाममा बस्नु उपयुक्त

सबैभन्दा उपयुक्त बच्चालाई बिहान १२ बजेअगाडिको घाममा राख्नु हो । यस्तो वेलामा शुद्ध तोरीको तेल, नरिवलको तेल या ओलिभ आयलले मालिस गरिदिनु उपयुक्त हुन्छ । तर, तेल लगाउँदा कान, नाक, नाइटोमा पार्नु हुँदैन । यी ठाउँमा तेल लगाउँदा संक्रमण हुने सम्भावना हुन्छ

आमाले पनि सरसफाइमा ध्यान दिनुपर्छ

आमाले पनि आफ्नो सरसफाइमा ध्यान दिनुपर्छ । आमामा केही संक्रमण भए बच्चामा सर्ने सम्भावना एकदमै धेरै हुन्छ । अझ दूध चुस्ने बच्चा छ भने झनै बढी सरसफाइमा ध्यान दिनुपर्छ । यदि स्तन र स्तनको निप्पल फोहोर भएमा बच्चाको मुखमा घाउ हुने सम्भावना बढी हुन्छ । आमा र बच्चा दुवैको सरसफाइ नभएर पिसाबमा संक्रमण पनि देखिने गरेको छ ।

 बच्चाहरुलाई चिसोले छिट्टै समात्ने गर्छ ।त्यसैले चिसोको कारण बच्चालाई विभिन्न खालका समस्याहरुले सताउने गर्छ । बच्चालाई जतिसक्दो चिसोबाट बचाउने कोसिस गर्नुपर्छ । अभिभावकलाई जाडोको समयमा आफ्नो बच्चालाई चिसोबाट बचाउनु ठुलो भुमिका हुने गर्छ ।

प्रकाशित मिति : बिहिबार, मंसिर २६ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij