कपिलबस्तु ।
नेपाली कांग्रेसका नेता गगन थापाले तिलौराकोटलाई प्रदेश ५ को राजधानी बनाउन उपयुक्त हुने बताउनु भएको छ । प्रदेश ५ को राजधानी नामको चर्चा चलिरहेका बेला नेता थापाले यस्तो भनाई राख्नुभएको हो । देशको राजधानीको विषयमा धेरै नबोले पनि तिलौराकोटलाई राजधानी बनाउँदा सबैले जित्ने उहाँको जिकिर छ ।
पूर्व स्वास्थ्य मन्त्री तथा नेपाली कांग्रेशका केन्द्रिय सदस्य समेत रहनु भएका थापाले एघारौँ कपिलवस्तु महोत्सवको समापन गर्दै बुद्धको राज्य तिलौराकोटको आफ्नै विशिष्ट महत्व भएको हुँदा राजधानीको विषयमा धेरै सोच्न नहुने आशय व्यक्त गर्नुभयो । तिलौराकोट प्रदेश राजधानी हुनुपर्छ भन्ने छोटो कुरा बताएर उहाँले भाषण विकास निर्माण तर्फ जोड्नुभयो ।
महोत्सव आयोजक संस्था वाणगंगा वेलफेयर सोसाइटीका अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका संयोजक राजकुमार खाँणको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेता थापाले अधिकांश समय सरकारको आलोचनामा खर्च गर्नुभएको थियो ।
करिब पौने घण्टा भाषण गर्नुभएका नेता थापाले गणतन्त्र आएपछि जनताले केही पनि नपाएको बताउनुभयो ।
प्रकाशित मिति : बुधबार, पुष २ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्