सभामुख नहुन्जेल उपसभामुख तुम्बाहाम्फेले नै बैठकको अध्यक्षता गर्ने

सभामुख नहुन्जेल उपसभामुख तुम्बाहाम्फेले नै बैठकको अध्यक्षता गर्ने

काठमाडौँ ।
भोलीबाट सुरु हुने संसदको पाँचौ अधिबेशनका लागि सवै तयारी पुरा भएको छ । संसद सुचारु भएपछि प्रतिनिधिसभा तर्फ सभामुख नभएकाले बैठकको अध्यक्षता उपसभामुख शिवमाय तुम्बाहाम्फेले गर्नुहुने भएको छ ।
संसद सचिवलयमा कार्यरत एक महिलामाथि यौन दुव्र्यवहार गरेको अरोप लागेपछि तत्कालिन सभामुख कृष्णबहादुर महराले पदबाट राजिनामा दिएपछि सभामुख पद रिक्त छ । यौन दुव्र्यवहारको आरोप पछि अदालतले महरालाई पुर्पक्ष्यका लागि थुनामा राख् आदेश दिएपछि महरा अहिले जेलमा छन् ।
सभामुख नभएको अवस्थामा उपसभामुख तुम्बाहाम्फेले प्रतिनिधिसभाको बैठक संञ्चालन गर्नुहुने भएको हो । संसद सचिवालयले शुक्रबार बस्ने बैठकको सबै तयारी पूरा भइसकेको जनाएको छ । प्राविधिक रूपमा हलहरूको मर्मत, उपकरण अद्यावधिक लगायतका काम सकिएको छ ।
सरकारको सिफरिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको पाँचौं अधिवेशन पुस ४ गते अर्थात् भोलीका लागि आह्वान गर्नुभएको छ । संसदको चौंथो अधिवेशन वैशाख १६ गते सुरु भएर असोज २ गते सम्पन्न भएको थियो ।

प्रकाशित मिति : बिहिबार, पुष ३ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij