बाथ रोगको उपचारमा बिरामी जाँच्नु र औषधि दिनु मात्र पर्याप्त हुँदैन : डा. बिनय रेग्मी


शुक्रबार, पुस ४, २०७६

2.9K
SHARES
बाथ रोगको उपचारमा बिरामी जाँच्नु र औषधि दिनु मात्र पर्याप्त हुँदैन : डा. बिनय रेग्मी
ग्राण्डी अन्तराष्ट्रिय अस्पताल धापासी फिजिसियन तथा बाथरोग बिशेषज्ञ, डा. बिनय रेग्मी

जसले पायो त्यसैले दिएको यो औषधी खाए निको हुन्छ भनी औषधी दिएको पाइन्छ । त्यस्तो नाम नखुलेका औषधि हरु बाथ रोग लागि भनेर बेचिन्छ।कृपया यस्ता औंषधी नखानु होला।यस्ता औसधिको प्रयोगले केही समय दुखाइ कम भए पनि कलेजो मृगौला र अन्य अंग मा असर पुर्याउछ।चिकित्सकको परामर्श बिना औसधि को सेवन नगरौं

बुटवल ।
बाथ रोग नसर्ने प्रकृतिको दीर्घ रोग हो । साधारणतया जोर्नी दुख्ने समस्यालाई हामी बोलीचालीको भाषामा बाथ रोग भन्छौं । रोगबारे पर्याप्त जानकारी नहुँदा हामी कतिपय अवस्थामा जसले जे भन्यो, त्यही लहैलहैमा लाग्छौं । बाथरोग भनेको के हो यसको उपचार के हो यसैबारेमा ग्राण्डी अन्तराष्ट्रिय अस्पताल धापासी फिजिसियन तथा बाथरोग बिशेषज्ञ, डा. बिनय रेग्मीसंग जनता मिडिया प्रालिका सिता बरालले गरेको कुराकानी
बाथरोग भन्नाले के बुझिन्छ ?
सरल भाषामा कुनै पनि अंग जोर्नी दुख्नु तथा सुन्निनुलाइ बाथ रोग भनिन्छ हो। बाथरोग एक प्रकारको ‘अटोइम्युन डिजिज’ हो। अर्थात् शरीरको रोग निरोधक शक्तिले शरीरको अंगलाई असर गर्दा बाथरोग हुने गर्छ । ज्वरो आउने, शरीरमा रगतको कमी हुने, हातगोडामा डाबरहरुहरू देखा पर्ने, आँखा रातो हुने गर्दछ। यो रोगमा शरीरको रोगविरुद्ध लड्ने प्रतिरोधात्मक शक्तिमा ह्रास आउने भएकाले अंगको इन्फेक्सन बढी हुन्छ फलस्वरुप बाथ रोग देखा पर्दछ ।
त्यसैले म फेरी पनि के भन्न चाहान्छु भनकोे बारम्बार गर्भ तुहुनु , फोक्सो मा पानी भरिने,आँखा अचानक रातो हुने टाउको धेरै दुख्ने र अचानक आँखाको दृष्टि हराउने मांशपेसी कमजोर हुने र उठबस, हिडडुल तथा सानोतिनो काम सम्म पनि गर्न नसक्ने आदिलाइ बाथ रोग भनिन्छ ।

के कारणले गर्दा बाथरोग लाग्ने गर्छ ?
यो अटो इम्युन सिस्टमले जोर्नीहरुमा असर गर्ने रोग हो। आफ्नो इम्युन सिस्टमले आफैंलाई बिगार्ने रोग हो। बाथरोग हुनमा कुनै एक मात्र कारण देखिएको छैन। चिसो हावापानी तथा चुरोटको धुवाँबाट भने सकभर बच्नुपर्छ। प्रदूषित वातावरण तथा चुरोटको धुवाँले बाथलाई बढाउने गर्छ, साथै यो बशानुगतका कारणले पनि बाथरोग लाग्न सक्छ ।खानपान रहन सहन आदिले गर्दा या कहिले काही धेरै घाम विकरणले गर्दा पनि यो रोग लाग्न सक्छ ।
कुन उमेर समूहलाई यो रोग बढी लाग्छ ?
जुनसुकै उमेर समूहका मानिसलाई बाथरोगका लक्षण देखिन सक्छ। बुढेसकाल लागेपछि यो रोगका लक्षण देखिए भने यसलाई ‘लेट अनसेड आर्थराइटिस’ भनिन्छ। सयभन्दा बढी प्रकारका बाथ रोगमध्ये गठिया बाथ अथवा ‘प्यालोटोइड आर्थराइटिस’ सबैभन्दा धेरै देखिनेगर्छ।
बाथले मुख्यतः हात तथा खुट्टाका साना जोर्नीलाई असर गर्छ। गठिया बाथ पुरुषमा भन्दा महिलालाई बढी देखिने गर्छ भने युरिक एसिडले गर्ने ‘गाउट’ पुरुषमा बढी देखिन्छ। महिलामा भने महिनावारी सुकेपछि र पाठेघर फालेपछि बाथरोग हुने सम्भावना बढी हुन्छ। बुढेसकालमा बाथरोग लाग्ने सम्भावना बढी हुन्छ। कतिपय बाथ वंशाणुगत कारणले पनि हुन्छ ।

अलिअलि जोर्नी दुख्यो भने पेनकिलर खाने, या झम झम गरयो खुटटा पोल्यो भनेर युरिक एसिड भयो भनेर उपचार गरेको पाइयो यो एकदम गलत प्रवृति हो। युरिक एसिड बाथ भनेको रगतमा युरिक एसिडकमात्रा बढी भएर उत्पन्न हुने समस्या हो। युरिक एसिड शरीरमा उत्पन्न हुने एक विकारयुक्त पदार्थ हो। रगतमा युरिक एसिडको मात्र बढ्दै जाँदा गोडाको बुढी औंला वरपर र पछि अन्य भागमा पनि जोर्नी दुख्छ।
नेपालमा कति छन् बाथरोगी  ?
अहिले ‘गठिया बाथ’ धेरैमा देखिएको छ। नेपालमा कति जनामा बाथरोग छ भनेर यकिन तथ्यांक छैन। तर पनि सम्रगमा भन्नुपर्दा १० जनामा ३ जना लाइ बाथरोग भएको पाउन सकिन्छ ।
कसरी पत्ता लगाउने बाथरोग ?
बिरामीमा देखिने लक्षण र जोर्नीहरूको जाँच गर्ने बित्तिकै धेरैजसोको रोग पत्ता लाग्छ। कहिले काहीँ बाथरोग कति कडा छ वा कुन प्रकारको बाथ हो भन्ने बुझ्न रगत परीक्षण तथा एक्सरेको सहायता लिनुपर्ने हुन्छ। धेरै पुरानो रोग तथा औंलाहरू बांगो भइसकेपछि बाथको पहिचान गर्न गाह्रो पर्दैन। नेपालमा अलिअलि जोर्नी दुख्यो भने पेनकिलर खाने, युरिक एसिड भयो भनेर बस्ने चलन बढी देखिन्छ, यो एकदम गलत प्रवृति हो।ल्याब परीक्षण गरेर मात्र बाथरोग हो होइन पत्ता लगाउन सकिन्छ। कुनै बाथ सामान्य प्रकारको हुन्छ भने कुनै जटिल। सामान्य खालको बाथ पूर्ण रूपमा निको हुन सक्छ भने जटिल खालको बाथले गम्भीर असर पार्न सक्छ। जटिल प्रकारको बाथको असर सुरूमा हड्डीमा देखिन्छ र विस्तारै त्यसले मुटु, मिर्गौला, छाला, आँखा, कलेजो आदि अंगमा गम्भीर क्षति पुर्याउँछ।
कतिपय अस्पतालमा क्लिनिकमा यस्तो हातका औला देख्दैमा बाथ भनेर उपचार गरेको पाइन्छ।यो बाथ नभइ हातका औला का हड्डी खिइएर पनि यस्तो हुन सक्दछ तसर्थ यदि तपाईं जो कोहिलाइ यस्तो हातमा गाठा गुठी छ भने बाथ रोग को चिकित्सक सङ परामर्श लिनुहोला।
मानिसको आफ्नै शरिरमा रहेको ‘अटो एण्टिबडि’ ले गर्दा बाथ रोग लाग्दछ जसले शरिरका बिभिन्न जोर्नीहरु र अरु अङ्गहरुमा असर गर्दछ ।
बाथरोगका लक्षण हरु के के हुन सक्छ ?
बाथ रोगमा जोर्नी दुख्ने मात्र नभई यसले शरिरका बिभिन्न अङ्गहरु जस्तैः मुटु, कलेजो, फोक्सो, मृगौला आदिमा असर गर्दछ ।
बाथ रोगमा जोर्नीको दुखाईसँगै अन्य लक्षणहरुपनि देखिन्छन् ।
जोर्नी सुन्निने, निलो हुने र दुख्ने । शरिरमा डाबर आउने ।
मुख सुख्खा हुने ।लामो समयसम्म ज्वरो आउने ।युवा अवस्थामा नै उच्च रक्तचाप देखिने ।गर्भमा रहेको बच्चा नरहने बारम्बार समय अघिनै खस्ने ढाड दुख्ने र करकर जिउ दुखिरहने तर काम गर्दैजाँदा निको हुने । राति कोल्टेफेर्न नसकिने ।आँखा अचानक रातो हुने ।
टाउको धेरै दुख्ने ।मांशपेसी कमजोर हुने र उठबस, हिडडुल तथा सानोतिनो काम सम्म पनि गर्न नसक्ने । जोर्नी बाङ्गोटिङ्गो हुने ।
जिउ सुन्निने ।
बाथरोग कति किसिमका हुन्छन ?
बथरोग धेरै प्रकारका हुन्छन तर हामीले प्राय जसो ओपिडीमा हेर्ने बाथरोग निम्न प्रकार छन
– रिउमाटोइड आरथ्राइटिस आरए
– अस्टियो आर्थ्राइटिस ओए
– जोग्रेन सिन्ड्रोम एसएस
– भास्कुलाइटिस स्मल भेसलरलार्ज भेसलरमिडियम भेसल
– अस्टियो पोरोसिस, अस्टियो नेक्रोसिस
– जुभेनाइल इडियो प्याथिक अरथ्राइटिस जेआईए
– स्पोन्डिलो आर्थ्राइटिस एसपिए
– कनेक्टिभ टिस्यु डिस्अर्डर एसएलई
– स्क्लेरोडिमामाथि उल्लेख गरिएका रोगहरुका भिन्न(भिन्न लक्षण हुन्छन्। साधारणतया बाथ रोगमा यस्ता लक्षण देखिन्छन्।
यी सबै लक्षण सबैखाले बाथरोगमा देखिँदैन। तर, बारम्बार यस्ता लक्षण देखिए बाथरोग विशेषज्ञकहाँ गएर परामर्श लिनु उपयुक्त हुन्छ।साधारण रुपमा हामी सबैलाई ढाड दुखेकै हुन्छ। बुढापाका मानिसलाई उमेरका कारण, कामका कारण हड्डी खिइएर ढाड दुखेको पाइन्छ तर बाथरोगका कारण हुने ढाड दुखाइ अलि भिन्न किसिमको हुन्छ।ढाड दुखाइ राति बढी हुन्छ र दुखेर निद्राबाट उठ्नुपर्ने र ओल्टेकोल्टे फेर्न समेत नसकिने हुन्छ। बिहान उठ्ने बित्तिकै कक्रक्क परेर हलचल गर्न समेत गाह्रो हुन्छ। केहीबेर तन्काएपछि र काम तथा कसरत गर्न थालेपछि मात्र दुखाइ कम हुन्छ।
यस किसिमका दुखाइमा काम, कसरत र दुखाइ कम गर्ने औषधि सेवन गरेपछि बिरामीले राहत महसुस गर्छन्। बाथरोगको समयमै निदान, निरुपण र उपचार नभएमा रोग जटिल अवस्थामा पुग्छ
बथरोग लागेका व्यक्तिले के खाने के नखाने  ?
बाथरोगलाई खाना बार्ने हो तर अरु बाथरोगमा खाना बार्न जरुरी छैन। खाना बार्यो भने झन् ‘इम्युन पावर’ कम हुन्छ र बाथरोग बढ्छ।बाथरोग लागेका मानिसले चाहिँ जाडरक्सी, चुरोट, रातोमासु, सुकेको गेडागुडी, गोलभेँडा जस्ता खानेकुरा खानु हुँदैन। बाथरोगीलाई चिसोले धेरै नै दुःख दिने भएकाले चिसोको समयमा तातो लुगा लगाउने, चिसो पानीमा नखेल्ने,आदि गर्नु जरुरी रहन्छ । मात्रा मिलाएर सबै खान्कुरा खान सक्नु हुन्छ । जाडो महिनामा चिसोबाट बच्नु जरुरी हुन्छ। जोर्नी दुख्नासाथ खाना बार्ने प्रचन छ, त्यो एकदम गलत हो। हावापानी तथा चुरोटको धुवाँबाट सकभर बच्ने गर्नुपर्छ।
बाथरोगको उपचार के हुन सक्छ ?
बाथ रोगको उपचारमा बिरामी जाँच्नु र औषधि दिनु मात्र पर्याप्त हुँदैन। रोगबारे राम्रोसँग जानकारी गराउनु र औषधिका असरबारे बिरामीलाई अवगत गराउने जिम्मेवारी चिकित्सकको हो। रोगको प्रकृतिअनुसार अन्य विभागका चिकित्सकहरुसँग परामर्श गर्ने र थप उपचारका लागि अन्य चिकित्सककहाँ रिफर गर्ने काम चिकित्सकले गर्नुपर्छ।
बाथरोगका औषधिहरु धेरै थरिका हुन्छन्। औषधि लामो समयसम्म सेवन गर्नुपर्ने हुन्छ। कुनै औषधी एक हप्ता खाने कुनै एक महिना खाने हुने गर्दछ औषधि कहिलेसम्म खाने, कहिले कम गर्ने र कहिले बन्द भन्ने कुरा चिकित्सकको निगरानीमा गर्नुपर्छ ।
अन्त्यमा के भन्न चाहानुहुन्छ ?
अलिअलि जोर्नी दुख्यो भने पेनकिलर खाने, या झम झम गरयो खुटटा पोल्यो भनेर युरिक एसिड भयो भनेर उपचार गरेको पाइयो यो एकदम गलत प्रवृति हो। युरिक एसिड बाथ भनेको रगतमा युरिक एसिडकमात्रा बढी भएर उत्पन्न हुने समस्या हो। युरिक एसिड शरीरमा उत्पन्न हुने एक विकारयुक्त पदार्थ हो। रगतमा युरिक एसिडको मात्र बढ्दै जाँदा गोडाको बुढी औंला वरपर र पछि अन्य भागमा पनिजोर्नी दुख्छ। तर, आममानिसमा शरीरका कुनै हड्डी तथा ठुला जोर्नी दुख्यो भने पनि युरिक एसिड नै भयो भन्ने भ्रम छ। सबै जोर्नीका दुखाइ युरिक एसिड हुँदैनन्। यसको सुरुवात विशेषगरी बुढी औंला वरपरका जोर्नीबाट हुन्छ। त्यसपछि मात्र अन्यत्र बढ्ने हो। यसमा जोर्नीमा युरिक एसिडको मात्र जम्दै जाने हुन्छ र एक्कासी दुख्ने, सुन्निने, रातो हुँदै जाने हुन्छ।
बाथरोग एक प्रकारको ‘अटोइम्युन डिजिज’ हो। अर्थात् शरीरको रोग निरोधक शक्तिले शरीरकै अंगलाई असर गर्दा बाथरोग हुने गर्छ। सामान्य अर्थमा भन्नुपर्दा बाथ एउटा दीर्घकालीन रोग हो। यो रोग लागिसकेपछि पूर्ण रुपमा निको हुन सम्भव छैन।। बाथ रोग नसर्ने प्रकृतिको दीर्घ रोग हो। यो रोगको औषधि बाँचुन्जेल सेवन गर्नुपर्ने पनि हुन सक्छ। धेरैजसो बाथरोग औषधि सेवन गरुन्जेल निको भएजस्तो हुने तर औषधि सेवन गर्न छाडेपछि फेरि बल्झने खालका हुन्छन्
तर, यसलाई समयमै पत्ता लगायौं र उपचार भयो भने धेरै समस्याबाट जोगिन सकिन्छ। कतिपय बाथ वंशाणुगत कारणले पनि हुन्छ। तर, बाथ सरूवा रोग भने होइन। कतिपय अस्पतालमा क्लिनिकमा यस्तो हातका औला देख्दैमा बाथ भनेर उपचार गरेको पाइन्छ।यो बाथ नभइ हातका औला का हड्डी खिइएर पनि यस्तो हुन सक्दछ तसर्थ यदि तपाईं जो कोहिलाइ यस्तो हातमा गाठा गुठी छ भने बाथ रोग को चिकित्सक सङ परामर्श लिनुहोला ।जसले पायो त्यसैले दिएको यो औषधी खाए निको हुन्छ भनी औषधी दिएको पाइन्छ । त्यस्तो नाम नखुलेका औषधि हरु बाथ रोग लागि भनेर बेचिन्छ।कृपया यस्ता औंषधी नखानु होला।यस्ता औसधिको प्रयोगले केही समय दुखाइ कम भए पनि कलेजो मृगौला र अन्य अंग मा असर पुर्याउछ।चिकित्सकको परामर्श बिना औसधि को सेवन नगरौं

ग्राण्डी अन्तराष्ट्रिय अस्पताल धापासी फिजिसियन तथा बाथरोग बिशेषज्ञ, डा. बिनय रेग्मीले प्रत्येक महिनाका बुटवलमा सेवा प्रदान गर्नुहुन्छ ।

प्रकाशित मिति : शुक्रबार, पुस ४, २०७६ , १०:५१ बजे

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

जनता टुडे मिडिया प्रा. लि
सम्पादक
वालकृष्ण भुसाल
समाचार सम्पादक
सिता गौतम बराल
वरिष्ठ संवाददाता
फूलु सुनार
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७


© 2024 janatatoday.com All Right Reserved | Site by : SobizTrend Technology