लाफा समुहको आयोजनामा पाच नम्बर प्रदेशमै ठुलो धनराशीको ब्याडमिन्टन प्रतियोगिता सुरु

लाफा समुहको आयोजनामा पाच नम्बर प्रदेशमै ठुलो धनराशीको ब्याडमिन्टन प्रतियोगिता सुरु

बुटवल ।
लाफा समुहको आयोजनामा आज देखि पाच नम्बर प्रदेशमै ठुलो धनराशीको ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । बुटवलका दिपनगरमा दोस्रो खुल्ला तथा भेट्रान्स पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगिताको एक कार्यक्रमका बीच सामाजिक विकास मन्त्री सुर्दशन बरालले उद्घाटन गर्नुभयो ।
सो अवसरमा बोल्दै उहाले खेलकुदको पुर्वधार विकासमा प्रदेश सरकार लागि परेको बताउनुभयो । स्थानिय तहबाट जग्गा प्राप्त गर्न सके आवश्यक खेल पुर्वधारका लागि प्रदेश सरकारले सहयोग गर्ने उनले सो अवसरमा बताउनुभयो । खेलकुद बाटै राष्ट्रयको पहिचान हुन सक्ने भन्दै प्रदेश सरकारले अन्तर्राष्ट्रिय स्तरका खेल पुर्वधारमा जोड दिएको बताउनुभयो ।
कार्यक्रममा ओलम्पिक सदस्य कुमार केसी, जिल्ला भलिवल संघ रुपन्देहीका अध्यक्ष योग गुरुङ, नगरखेलकुद विकास समितिका संयोजक नन्दु काउचा लगायतले शुभकामना मन्तन्य राख्नुभएको थियो । प्रतियोगितामा खुल्ला तर्फ ८० र भेट्रान तर्फ ३२ टिमको सहभागिता रहेको छ ।
प्रतियोगितामा खुल्ला तर्फ उपाधि विजेता टिमले नगद ५१ हजार १ सय ११ रुपैया, दोस्रो टिमले नगद ४१ हजार १ सय ११ तथा तेस्रो टिमले नगद ३१ हजार १ सय ११ रुपैया नगदसहित कप, मेडल, प्रमाणपत्र प्राप्त गर्नेछन् । यसैगरि भेट्रान्स तर्फ उपाधि विजेता टिमले नगद २१ हजार १ सय ११, दितिय टिमले नगद नगद १५ हजार १ सय ११ तथा तृतिय टिमले नगद १० हजार १ सय ११ कप, मेडल तथा प्रमाणपत्रबाट पुरस्कृत गरिने क्लबका अध्यक्ष तारा सिह रेश्मीले बताउनुभयो ।
दुई दिने हुने प्रतियोगितामा करीब १३ लाख खर्च हुने क्लबका संरक्षक बासुदेव लामिछानेले बताउनुभयो । उद्घाटनको दिन ५० टिमले प्रतिस्पर्धा गरेका थिए । बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीको प्रमुख आतिथ्यतामा समापन कार्यक्रम सम्पन्न हुने खेल संयोजक पुरन गाहाले बताउनुभयो ।

प्रकाशित मिति : शनिबार, पुष ५ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij