काठमाण्डौ ।
उखु किसानलाई पैसा नदिने उद्योगीलाई कारबाही गर्न संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको उद्योग वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिले सरकारलाई निर्देशन दिएको छ ।
समितिको आज बसेको बैठकले किसानको पैसा तत्काल दिलाउन र आलटाल गर्ने उद्योगीलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको हो । उखुको पैसा नदिएको भन्दै आन्दोलनरत उखु किसानहरु संसदीय समितिमा उपस्थित भएर आफ्नो समस्या सुनाएपछि समितिले यस्तो निर्देशन दिएको हो ।
कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले चिनी मिलका सञ्चालकहरू भागेको प्रतिक्रिया दिनुभएको छ । उखु किसानको बक्यौता नतिरेको सवालमा संसदको उद्योग वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिले राखेको बैठकमा भुसालले यस्तो प्रतिक्रिया दिनुभएको छ। ुकिसानहरूको उखुको मूल्य नतिर्ने अन्नपूर्ण सुगर मिलका मालिक राकेश अग्रवाल र महालक्ष्मी सुगर मिलका मालिक वीरेन्द्र कनौडिया सम्पर्कमा रहेका छैनन्, यी उद्योगीलाई सरकारले खोजिरहेको छु मन्त्री भुसालले भन्नुभयो समितिमा उपस्थित भएका उखु किसानहरूले अन्नपूर्ण सुगर मिलले ५० करोड र महालक्ष्मी सुगर मिलले २१ करोड रुपैयाँ किसानलाई नतिरेको बताएका छन्। त्यस्तै, सरकारले दिने अनुदानसमेत नपाएको र उखु मिलले समेत उचित मूल्य नदिएको गुनासो किसानहरूको थियो। किसानहरुले उखुको भुक्तानी पाउनुपर्ने भन्दै केही दिनदेखि काठमाण्डौको माइतिघरमण्डलामा प्रदर्शन गरिरहेका छन् ।
प्रकाशित मिति : सोमबार, पुष १४ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्