JanataToday.com

Advertisment

SKIP THIS

मायादेवी गाउँपालिकामा बच्चाको स्वास्थ्य परीक्षणसहित खोप सेवा सुरु

मायादेवी गाउँपालिकामा बच्चाको स्वास्थ्य परीक्षणसहित खोप सेवा सुरु

रुपन्देही ।
रुपन्देहीको मायादेवी गाउँपालिकामा बच्चाको स्वास्थ्य परीक्षणसहित खोप सेवा सुरु भएको छ ।सेवा शुभारम्भ भएसंगै अब बालबालिकाहरुलाई खोप लगाउनु भन्दा पहिले नै उनीहरुको स्वास्थ्य परीक्षण गरिनेछ ।
गाउँपालिकाका ४ वटा स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरुलाई खोप लगाउनुपूर्व बालबालिकाको स्वास्थ्य परीक्षण अनिवार्य गर्न तालिम दिइएको स्वास्थ्य संयोजक भास्कर आत्रेयले बताउनुभयो ।
यो अभियानले खोपका कारण बालबालिका विरामी हुने वा मृत्यु भएको भन्दै आउने गुनासोको अन्त्य हुने आत्रेयले बताए । गाउँपालिकामा १७ वटा खोप केन्द्रमार्फत बालबालिकाहरुलाई खोप सेवा प्रदान गरिने स्वास्थ्य शाखाले जनाएको छ । नेपाल सरकारको निःशुल्क खोप कार्यक्रम अन्तर्गत २ वर्ष मुनीका बालबालिकालाई विभिन्न ११ प्रकारका रोगविरुद्धको खोप लगाइने गरिन्छ ।
बच्चा जन्मेपछि उनीहरुको स्वास्थ्यलाई पहिलो प्राथमिकता दिनुपर्ने कुरालाई मध्यनजर गर्दै स्वास्थ्य परीक्षणसहित खोप सेवा सुरु गरिएको मायादेवी गाउँपालिकाका अध्यक्ष धु्रव नारायण चौधरीले बताउनभयो । उहाले खोप केन्द्रलाई अनुगमन गरी गाउँपालिकाले सुरु गरेको अभियानलाई थप प्रभावकारी बनाउन सरोकारवालाहरुलाई आग्रह गर्नभयो ।
सेवाको आज एक कार्यक्रमका बीच शुभारम्भ गरिएको छ । सो अवसरमा बोल्दै प्रमुख अतिथि प्रदेश नम्बर ५ का प्रदेशसभा सदस्य सन्तोष कुमार पाण्डेयले आगामी दिनमा यस्ता कार्यक्रम रुपन्देहीका अन्य स्थानीय तहले शुभारम्भ गर्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाले स्वास्थ्य क्षेत्रको विकासको लागि गाउँपालिकासंग सहकार्य गरेर प्रदेश सरकारमार्फत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।उहाले विगतमा नेपाललाई परीक्षण केन्द्र बनाइए पनि अब भने बच्चालाई खोप लगाउनु अघि स्वास्थ्य परीक्षण गर्ने विषय महत्वपूर्ण रहेको चर्चा गर्नुभयो ।त्यस्तै प्रदेशसभा सदस्य अष्टभुजा पाठकले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर स्थानीय तहले आफ्नो कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो। उहाले प्रत्येक वडामा अनिवार्य रुपमा स्वास्थ्य चौकी हुनुपर्ने भन्दै यसका लागि आफुले आवाज उठाउँदै आएको बताउनुभयो ।
जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख तथा खोप समन्वय समितिका प्रमुख एकराज विश्वकर्माले खोपले रोगबाट बचाउने र अझ खोप लाग्नु भन्दा पहिले नै गरिने स्वास्थ्य परीक्षण झनै महत्वपूर्ण रहेको बताउनभयो । उहाले मायादेवी गाउँपालिकाले राम्रो कामको सुरुवात गरेको भन्दै प्रशंसा गर्नुभयो।सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरि प्रसाद अधिकारीले मायादेवीको राम्रो कामबाट अरुले पनि सिक्न आवश्यक रहेकोमा जोड दिनुभयो ।
प्रदेश ५ स्वास्थ्य निर्देशनालयका निर्देशक डा .विनोद कुमार गिरीले सबै बालबालिकाले अनिवार्य रुपमा खोप लगाउनुपर्ने बताउनुभयो । परिवार कल्याण महाशाखाका जनस्वास्थ्य अधिकृत बसन्त कुमार श्रेष्ठले खोप लगाउनु भन्दा पहिला गरिने स्वास्थ्य परीक्षणले तत्कालै त्यो बच्चालाई खोप लगाउन उपयुक्त छ÷छैन भन्ने कुरा सजिलै थाहा पाउन सकिने बताउनुभयो ।
स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा.राजेन्द्र कुमार गिरीले मायादेवी गा.पा.ले सुरुवात गरेको कार्यक्रमले स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण भुमिका खेल्ने बताउनुभयो । कञ्चन गाउँपालिकाका स्वास्थ्य संयोजक राम प्रसाद गौतमले बच्चाको स्वास्थ्य परीक्षण गरेर खोप लगाइए जोखिम न्यूनीकरण गर्न सकिने बताउनुभयो ।स्वास्थ्य कार्यालयका खोप अधिकृत भेषराज शर्मा, मायादेवी गा।पा।का पूर्व स्वास्थ्य संयोजक गणेश भण्डारी लगायतले बोल्दै स्वास्थ्य क्षेत्रमा नौलो कार्यको थालनी भएको बताउनुभयो ।

प्रकाशित मिति : सोमबार, पुष १४ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij