बुटवल ।
सैनामैना नगरपालिकामा बृहत आँखा शिविर कार्यक्रम आज सम्पन्न भएको छ नेपाल नेत्र ज्योति संघ, लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा लायन्स क्लब अफ बुटवल द्दारा संचालित बुटवल लायन्स आँखा अस्पताल, बुटवल, सैनाम।ैना नगरपालिका, लायन्स क्लब अफ सैनामैना सालझण्डी, आँखा उपचार केन्द्र सालझण्डीको संयुक्त आयोजनामा आज सैनामैना नगरपालिकामा वडा नम्बर १ मा बृहत आँखा शिविर सम्पन्न भएको छ ।
सैनामैना नगरपालिका को वडा नम्बर १ देखि ११ सम्म सैनामैना नगरपालिकाको आर्थिक सहयोगमा बृहत आँखा शिविर कार्यक्रम संचालन गर्ने योजना रहेको लायन्स आँखा अस्पतालका व्यवस्थापक मनोज कुमार श्रेष्ठले बताउनुभयो । सैनामैना नगरपालिकाको वडा नम्बर १ मा सम्पन्न भई कार्यक्रम शुभारम्भ भएको छ । उक्त कार्यक्रममा अस्पतालका प्राविधिक द्दारा कुल २३८ जना विरामीको आँखा परिक्षण गरिएको थियो जसमा १८ जनामा मोतिविन्दु फेला परेको थियो । मोतिविन्दु फेला परेका विरामीहरुलाई सैनामैना नगरपालिकाको सिफारिसमा बुटवल लायन्स आँखा अस्पतालमा निःशुल्क मोतिविन्दु शल्यक्रिया गरिने बुटवल लायन्स आँखा अस्पतालका व्यवस्थापक मनोज कुमार श्रेष्ठले जानकारी दिनुभयो ।।
प्रकाशित मिति : बुधबार, पुष १६ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्