JanataToday.com

Advertisment

SKIP THIS

सूरक्षित गर्भपतन सेवाको दुरुपयोग भएको छ : सामाजिक विकास मन्त्री बराल

सूरक्षित गर्भपतन सेवाको दुरुपयोग भएको छ : सामाजिक विकास मन्त्री बराल

बटवल ।
प्रदेश नं ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले बाध्यात्मक अबस्थामा मात्र गर्भपतन गर्नुपर्ने बताउनुभएको छ।सामाजिक विकास मन्त्रालयद्धारा आज बुटवलमा आयोजित ‘सूरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार’ समबन्धी छलफल कार्यक्रम मन्त्री बरालले २० बर्ष उमेर समूहका किशोरीहरुले समेत गर्भपतन गर्ने कार्यले प्रजनन स्वास्थ्यमा खराब संकेत भएको बताउनुभयो ।उहाल सूरक्षित गर्भपतन सेवाको दुरुपयोग भएको छ भन्दै असूरक्षित गर्भपतनलाई सुन्यमा झार्न मन्त्रालयले सरोकारवाला निकायहरुसँग सहकार्य र समन्वय गरेर अगाडी बढ्ने बताउनुभयो । आगामी माघको पहिलो हप्ता देखि सुरु हुने प्रदेशसभाको बैठकमा जनस्वास्थ्य विधेयक पेश गर्ने तयारी भैरहेको पनि उहाले जानकारी दिनुभएको छ ।
सामाजिक विकास मन्त्रालयका सचिब गोपिकृष्ण खनालको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रदेश नं ५ प्रदेशसभा भौतिक पूर्वाधार विकास समितिका सभापति आशा स्वर्णकार,प्रदेशसभा सदस्यहरु रमा अर्याल,दिपा बिश्वकर्मा,प्रदेश योजना आयोग सदस्य पुस्पा भुसाल,सामाजिक विकास मन्त्रालयका सामाजिक विकास महाशाखा प्रमुख डा। उमासंकर प्रसाद चौधरी,स्वास्थ्य निर्देशनालयका बरिष्ठ जनस्वास्थ्य प्रशासक रोशनलाल चौधरी,आइपास नेपालका कन्ट्री डाइरेक्टर पपुलरजेन्टर काफ्ले,आइपास नेपालकै माधबी बज्राचार्य, महिला कानून तथा विकास मञ्चका अधिवक्ता सबिन श्रेष्ठ लगायतले प्रजनन स्वास्थ्य सम्बन्धी समस्या र समाधानका उपायहरु बारे आ आफ्नो भनाई राखेका थिए ।

प्रकाशित मिति : बिहिबार, पुष १७ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij