JanataToday.com

Advertisment

SKIP THIS

स्वास्थ्य केन्द्र स्थापना भएको २४ बर्ष पछि धकधईमा एक्सरे मेसिन सेवा सुरु

स्वास्थ्य केन्द्र स्थापना भएको २४ बर्ष पछि धकधईमा एक्सरे मेसिन सेवा सुरु

बुटवल (जनता टुडे)
स्वास्थ्य केन्द्र स्थापना भएको २४ बर्ष पछि एक्सरे मेसिन सेवा सुरु भएको छ । रुपन्देहीको रोहिणी गाउँपालिका धकधई स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा भवन निर्माण भए पछि एक्सरे र भिडियो एक्सरे सेवा एकै साथ शुभारम्भ भएको हो
३ वर्ष अघि स्वास्थ्य सेवा विभागको सहयोगमा आएको एक्सरे मेसिन र यस वर्ष गाउँपालिकाले उपलब्ध गराएको भिडियो एक्सरे मेसिन आज उद्घाटन गरी एकै साथ सञ्चालनमा ल्याएको छ ।
स्वास्थ्य केन्द्रको सेवा प्रवाहलाई थप गुणस्तरीय बनाउनका लागि एक्सरे सेवा सञ्चालनमा ल्याएको गाउँपालकाका प्रमुख सनोजकुमार यादवले बताउनु भयो ।
सेवा सञ्चालन सुरु भएसंगै रोहिणी र ओमसतियाका विरामीहरु भैरहवा र बुटवल धाउनु पर्ने बाध्यता हटेको छ । एक्सरे मेसिन नहुदा दैनिक दर्जन बढि बिरामी यस क्षेत्रबाट बाहिरीदै गएका थिए । जसलाई मध्यनजर गर्दै सेवा सुरु गरेका छौ –अध्यक्ष यादवले भन्नु भयो ।
मेसिनको उद्घाटन गर्दै नेपाली कांग्रेस रुपन्देहीका सभापति तथा पूर्व राज्य मन्त्री अब्दुल रज्जाकले उपकरणको सही सदुपयोग गर्नुपर्नेमा जोड दिनु भयो । बिरामीलाई छिटोछरितो सेवा प्रवाह गर्न उक्त मेसिनले सहयोग पुग्ने बताउँदै उहाँले स्वास्थ्य जस्तो संवेदनशील ठाँउमासेवा प्रभावकारी बनाउन आफु सदैव सहयोग गर्न तत्त्पर रहने बताउनु भयो । रेडियोलोजिस्टको व्यवस्थापनका लागि गाँउपालिकालाई आग्रह गर्दे उहाँले ओमसतिया र रोहिणी गाँउपालिकाको स्वास्थ्य सेवालाई अझै प्रभावकारी बनाउन पहल गरिने बताउनु भयो ।
अहिले प्रत्येक गाँउपालिकामा १५ शैया सहितको स्वास्थ्य संस्था हुनु पर्ने नेपालको निति रहेको यस धकधईमा रहेको स्वास्थ्य केन्द्रको विस्तार गर्न सबै लाग्नु पर्ने उहाँले बताउनु भयो । एकसरे सेवा सुचारु गर्नु भन्दा पनि यसको निरन्तरतानै ठूलो रहेको दक्ष जनशक्ति सहित सेवाग्राहीलाई सहि उचित सेवा दिन सरेकारवाला ले ध्यान दिन आग्रह गर्नु भयो ।
हामीसँग उपलब्ध जनशक्तिबाटै एक जनालाई तालिम दिई सेवा सुरु गरेका छौ । उद्घाटनको अवसरमा २ दिन निः शुल्क जाँच राखेका छौ । सधै रेडियोलोजिस्ट नभए पनि हाललाई साताको एक दिन भए पनि रेडियोलोजिस्ट हायर गरेर सेवा प्रदान गर्छौ स्वास्थ्य केन्द्रका अध्यक्ष बीरबहादुर क्षेत्रीले भन्नु भयो ।
२०५२ मा स्वास्थ्य चौकीको रूपमा स्थापना भएको दुई वर्ष पछि २०५४ मा स्वास्थ्य केन्द्र भएको थियो । दैनिक गर्मीमा करिब १ सय जना र जाडो याममा करिब ५० जनालाई स्वास्थ्य सेवा उपलब्ध गराउदै आएको स्वास्थ्य केन्द्र्रका प्रमुख डाक्टर उमेश गुप्ताले बताउनु भयो ।
अस्पतालले हाल इमर्जेन्सी सेवा, प्रसुती, ल्याव्रोटोरी, नि शुल्क औषधी फार्मेसी, मेन्टल हेल्थ , पोषण लगायतको सेवा प्रदान गर्दै आए पनि एक्सरे सेवा सहित पेट भित्रका समस्या लगायत सबै प्रकारको एक्सरे सेवाको थालनी गरेको छ ।

प्रकाशित मिति : आइतबार, पुष २० २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij