सामाजिक सदभाव र एकता नै समृद्धिको आधार : मुख्यन्त्री शंकर पोखरेल

सामाजिक सदभाव र एकता नै समृद्धिको आधार : मुख्यन्त्री शंकर पोखरेल

बुटवल ।
प्रदेश नम्बर पाँचका मुख्यमन्त्री शंकर पोखरेलले सांस्कृतिक पर्वहरूले नैं समाजलाई एकताबद्ध गराई आर्थिक समृद्धिको दिशामा अगाडि बढन सहयोग पुग्ने बताउनुभएको छ ।
माघी पर्वको अवसरमा मंगलबार मुख्यमन्त्री निवास बुटवलमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा मुख्यमन्त्री पोखरेलले सामाजिक सदभाव र एकताले समाजलाई समृद्धिको दिशामा लैजाने बताउनुभयो ।
उहाले प्रदेश ५ विभिन्न जातजाति भाषाभाषी भएको प्रदेश भएको बताउंदै यहाँका सबै जातजातिले मनाउने पर्वहरू उत्तिकै महत्वपूर्ण रहेको बताउनु भयो । सिंगो राष्ट्रको एजेण्डा विकास र समृद्धिलाई पर्व उत्सवहरूले सहयोगी बन्ने मुख्यमन्त्रीको भनाई छ ।
प्रदेश पाँचमा विशेष महत्वका साथ मनाइने माघी पर्वलाई सबै समुदायले महत्व दिएको बताउंदै मुख्यमन्त्री पोखरेलले यो सदभावलाई सबैले आत्मसाथ गर्नुपर्ने बताउनुभयो । माघी पर्वको अवसरमा प्रदेश सरकारले २ दिन बिदा दिने भएको हो । माघ १ र २ गते सार्वजनिक बिदा दिएको छ । माघी पर्व मगर र थारु समुदायले विशेष महत्वका साथ मनाउँछन ।

प्रकाशित मिति : मंगलबार, पुष २९ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij