काँग्रेस रुपन्देहीमा स्वास्थ्य विभागले पूर्णता पायो


बिहिबार, माघ २, २०७६

काँग्रेस रुपन्देहीमा स्वास्थ्य विभागले पूर्णता पायो

रुपन्देही ।
नेपाली काँग्रेस रुपन्देहीको स्वास्थ्य विभागले पूर्णता पाएको छ । नेपाली काँग्रेस रुपन्देहीले यस अंगाडी नै बिभिन्न विभागहरु गठन गरेर त्यसको संयोजक तोकेको थियो । गठित विभागका संयोजकहरुले सदस्य मनोनयन गरि विभागलाई पूर्णता प्रदान गर्नेगरी स्वास्थ्य विभागमा जिल्ला कार्यसमिति सदस्य गोविन्दप्रसाद लम्साललाई संयोजकको जिम्मेवारी दिईएको थियो ।
नेपाली काँग्रेस रुपन्देहीका स्वास्थ्य विभागका संयोजक लम्सालले हालै सदस्यहरु मनोनयन गरि पूर्णता दिनुभएको हो । नेपाली काँग्रेस रुपन्देहीका जिल्ला कार्यसमिति सदस्य समेत रहनु भएका संयोजक लम्सालले स्वास्थ्य विभागको सदस्यहरुमा रबिसिंह राना, रामराज पोखरेल, कृष्ण कंडेल, नमनारायण वेलवासे, सीता पोखरेल, राजेन्द्र पासी, विष्णु भण्डारी, प्रेमलाल यादव, महेश राई मधु गुणनिधी खनाल र मदन पोखरेललाई मनोनयन गर्नुभएको छ ।

प्रकाशित मिति : बिहिबार, माघ २, २०७६ , ९:५० बजे

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

जनता टुडे मिडिया प्रा. लि
सम्पादक
वालकृष्ण भुसाल
समाचार सम्पादक
सिता गौतम बराल
वरिष्ठ संवाददाता
फूलु सुनार
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७


© 2020 janatatoday.com All Right Reserved | Site by : SobizTrend Technology