सभामुखका लागि नेकपाबाट अग्निप्रसाद सापकोटाको मात्रै उम्मेदवारी

सभामुखका लागि नेकपाबाट अग्निप्रसाद सापकोटाको मात्रै उम्मेदवारी

काठमाडौं-  प्रतिनिधिसभाको सभामुखका लागि नेकपाबाट मात्रै उम्मेदवारी परेको छ । १२ गते हुने चुनावका लागि नेकपाबाट सांसद अग्निप्रसाद सापकोटाले उम्मेदवारी दर्ता गराएका हुन् ।

पूर्वसभामुख एवम् नेकपाका संसदीय दलका उपनेता सुवास नेम्वाङको प्रस्ताव र प्रमुख सचेत देव गुरुङ्, पूर्वसभामुख ओनसरी घर्ती र राजपाका सांसद लक्ष्मणलाल कर्णको समर्थनमा सापकोटाले उम्मदवारी दर्ता गराएका हुन् । योसँगै सापकोटा सभामुख बन्ने पक्का भएको छ ।

उम्मेदवारी दर्ताका लागि तोकिएको समयमा अन्य कुनै पनि पार्टीबाट उम्मेदवारी नपरेको संघीय संसद सचिवालयले जनाएको छ । उम्मेदवारी दर्ताका लागि मंगलबार विहान ११ बजेदेखि २ बजेसम्मको समय निर्धारण गरिएको थियो ।

पूर्वसभामुख कृष्णबहादुर महराले यौन दुर्व्यवहारको आरोप लागेपछि गत असोजमा राजीनामा दिएका थिए । त्यसयता प्रतिनिधिसभा सभामुखविहीन थियो ।

प्रकाशित मिति : मंगलबार, माघ ७ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij