रुपन्देही
रुपन्देही कपिलबस्तु र नबलपरासीका स्थानिय निकायका मेयर अध्यक्ष पालिका स्वास्थ्य संयोजक सामाजीक बिकास मन्त्रालय र स्वास्थ्य निर्देशनालका प्रतिनिधि लाई जलवायु परिर्वतन तथा स्वास्थ्यमा पर्ने प्रभाब समन्धी एक दिने पैरवी कार्यक्रम गरिएको छ ।
राष्ट्रिय स्वास्थ्य तालिमकेन्द्र काठमान्डौको आयोजना तथा प्रदेश तालिम केन्द्र प्रदेश नं ५को समन्यमा जलवायु परिर्वतन तथा स्वास्थ्यमा पर्ने प्रभाब समन्धी एक दिन कार्यक्रम सम्पन्न भएको हो। तालिममा जलवायु बिज्ञ डा यादव प्रसाद जोशीले जलवायु परिर्वतन तथा स्वास्थ्यमा परेको असरबारे जानकारी दिए ।
तिन जिल्लाका १४ पालिका र समाजीक बिकास मन्त्रालय स्वास्थ्य तालिम केन्द्रका प्रतिनिधि सहभागि कार्यक्रममा डा जोसीले जलवायु परिर्वतन न्युनिकरण गर्न स्थानिय निकायको महत्वपुर्ण भुमिका रहने बताए ।
स्थानियले सरकारले निति नियम बनाउने र कार्यन्यनमा सहजता ल्याउनको लागी यो पैरवी कार्यक्रम गरिएको बताए ।डा जोसीले जलवायु परिर्वतन ले स्वास्थ्यमा ठुलो असर परेको बताउदै यसको प्रभाबले कुपोषण सरुवा रोग झाडा पखला टाईफाईड जस्ता रोग बढदै गएको बताए ।
डा जोसीले प्रदेश ५मा कुपोषण १९ प्रतिशत रहेको र त्यो सबैभन्दा बढी कपिलबस्तुमा ४ हजार वालवालिकामा रहेको बताएका छन । उनले जलवायुको असर खानेपानी, कृषि भौतिक पुर्वाधार सबै क्षेत्रमा परेको र यसलाई न्युनिकरण गर्ने स्थानिय सरकारको महत्वपुर्ण भुमिका रहेने बताए तालिममा स्वास्थ्य तालिम केन्द्र प्रदेश ५का निर्देशक महेश्वर श्रेष्ठले स्थानिय सरकारकोे जलबायु परिर्वतन न्युनिकरण गर्न महत्वपुर्ण भुमिका रहने बताए । निति निमार्ण र कार्यन्यन गर्ने स्थानिय सरकार भएकोले आफुले बनाएको निति कसरी कार्यन्यन गर्दा स्वास्थ्यमा कुपोषण सरुवा रोग झाडा पखला टाईफाईड जस्ता रोगवाट बच्च सकिन्छ भन्ने तरिकाले काम अघि बढाउन सकिने बताए ।
तालिममा नगरपालिका मेयर गाउँपालिका अध्यक्ष स्वास्थ्य संयोजक वडा अध्यक्ष लगायको सहभागि रहेको स्वास्थ्य तालिम केन्द्र प्रदेश ५का वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत भुबन कुँबरले बताए ।
प्रकाशित मिति : बुधबार, माघ ८ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्