कपिलवस्तु नेपालमै हात्तीपाइले रोगकोे उच्च जोखिममा ,नेपाल सरकारद्धारा निवारण अभियान सुरु

कपिलवस्तु नेपालमै हात्तीपाइले रोगकोे उच्च जोखिममा ,नेपाल सरकारद्धारा निवारण अभियान सुरु

कपिलवस्तु
कपिलवस्तुको बाणगंगा नगरपालिका फाइलेरिया अर्थात् हात्ती पाइले रोग निवारण अभियानमा जुटेको छ । सन् २०२० भित्र नेपालबाट हात्तीपाइले रोगलाई निवारण गर्ने उदेश्यले नेपाल सरकारले संचालन गरेको अभियान अन्तर्गत बाणगंगा नगरपालिकामा पनि सुरु भएको हो ।
बर्षको एक मात्रा औषधी लगातार ६ बर्षसम्म सेवन गरौँ, हात्तीपाइले हुनबाट बचौँ र बचाऔँ भन्ने नारासहित देशभर सुरु भएको अभियान अन्तर्गत बाणगंगा नगरपालिकामा पनि नगर स्तरीय योजना तर्जुमा तथा अन्तरक्रिया गोष्ठी सम्पन्न भएको छ ।
नगरका सामाजिक विकास समिति संयोजक भिष्मराज भुसालको अध्यक्षता, प्रदेश सांसद विष्णु पन्थीको प्रमुख आतिथ्य र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुरामणी पन्थीको विशिष्ट आतिथ्यमा भएको अन्र्तक्रियामा मेडिकल अधिकृत डाक्टर गंगाराम यादवले हात्तीपाइले रोगबारे प्रशिक्षण दिनुभएको थियो ।
उहाँले यो रोग निवारण गर्न सबैले अनिवार्य रुपमा औषधी सेवन गर्नु पर्ने बताउनु भयो । उहाँले नेपालमै कपिलवस्तु जिल्ला हात्तीपाइलेको उच्च जोखिममा रहेकाले सावधानी अपनाउन जरुरी रहेको बताउनु भयो ।
पोथी लामखुट्टेको टोकाइबाट लाग्ने यो सरुवा रोगलाई निवारण गर्ने एक मात्र उपाय भनेको औषधी सेवन भएकाले स्वास्थ्य कर्मीको निर्देशनमा अनिवार्य रुपमा औषधी सेवन गर्न डाक्टर यादवले आग्रह गर्नुभयो । २ बर्ष मुनी, ७० बर्षमाथिका, अति सिकिस्त र ७ दिनसम्मका गर्भवती महिला बाहेक सबैले औषधी सेवन गर्दा कुनै असर नहुने उहाँले प्रष्ट पार्नुभयो ।
हात्ती पाइले रोगको कारण, सर्ने तरिका, बच्ने उपाय आदिको बारेमा बताउँदै डाक्टर यादवले टोलटोलमा जनचेतना लिएर जान पनि सबैलाई अनुरोध गर्नुभयो । प्रमुख अतिथि सांसद पन्थीले पनि यो रोग विश्वको लागि चुनौती भएको बताउँदै औषधी खानबाट कोही छुट्न नहुने बताउनुभयो । कपिलवस्तु जिल्लामा अझै पनि यसको जोखिम उच्च रहेकाले जनचेतनाको विस्तारमा ध्यान पुर्याउनु पर्ने उहाँको भनाई छ ।
नगरका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले नगरले यो अभियानलाई मिसनको रुपमा लिँदै कोही पनि यसको औषधीबाट बञ्चित हुने अवस्था आउन नदिने बताउनु भयो। यो अभियानलाई सफल बनाउन नगरमा १ सय ११ स्वास्थ्य स्वयमु् सेविकाहरु खटिएको बताउनु भयो ।
उहाँले माघ महिनाभर अस्पताल, वडा र टोल स्तरमा अभियान संचालन गरिने बताउँदै सबैले यसमा साथ दिन जरुरी रहेको बताउनु भयो । अब एक बर्षसम्म निरन्तर अभियान गरेर सरकारको लक्ष्य अनुसार बाणगंगा नगरपालिकालाई पनि हात्तीपाइले निवारण नगर घोषणा गरिने दृढता जनाउनु भयो । कार्यक्रममा ११ वटै वडाका वडाध्यक्ष, स्वासथ्य स्वयम् सेविकाहरु, कर्मचारी संचारकर्मी लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : बुधबार, माघ ८ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij