कुष्ठरोग सम्बन्धी सञ्चारकर्मीसंग अन्तरक्रिया कार्यक्रम

कुष्ठरोग सम्बन्धी सञ्चारकर्मीसंग अन्तरक्रिया कार्यक्रम

बुटवल ।
स्वाथ्य कार्यालय रुपन्देहीको आयोजनामा जनस्वाथ्य सम्बन्धी विभिन्न विषयमा रुपन्देहीका सञ्चारकर्मीहरु संग अन्तरक्रिया कार्यक्रम गरेको छ ।
तिलोत्तमा आयोजना गरिएको कार्यक्रममा सर्ने रोग र नसर्ने रोगको विषयमा पत्रकारहरुलाई जानकारी दिईएको थियो । यसको साथै शनिवार मनाउन लागिएको ५६ औ विश्व कुष्ठरोग दिवसको अवसरमा समेत जानकारी दिईयो ।
कार्यक्रममा जिल्ला स्वाथ्य कार्यालय रुपन्देहीका अनुसार जिल्लामा १ बर्षमा कुल १ सय ५२ जना नयाँ कुष्ठरोगीहरु भेटिएका छन् । जिल्ला स्वाथ्य कार्यालय रुपन्देहीका क्षयरेकुष्ठ निरिक्षक टिकाराम शर्माका अनुसार तराईका जिल्लाहरुमा अहिले पनि कुष्ठरोगीहरु फेला पर्ने क्रम रोकीएको छैन । आर्थिक बर्ष २०७५र७६ मा उृपचारमा रहेका विरामीहरुको संख्या ९९ जना विरामीहरु उपचाररत रहेका छन् ।
जिल्ला स्वाथ्य कार्यालय रुपन्देहीका प्रमुख डा. राजेन्द्रकुमार गिरीले नयाँ पत्ता लाग्ने दरमा कमी नआएको कारण सरकारले लिएको लक्ष्य भेटउन मुस्कील रहेको बताउनुभयो । उहाले यसको लागि केन्द्र, प्रदेश र स्थानिय तहबाट निरन्तररुपमा काम जारी रहेको भन्दै कमी आउने अपेक्षा रहेको बताउनुभयो ।

प्रकाशित मिति : शुक्रबार, माघ १० २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij