मन्त्रिपरिषद् बैठक भोली फेरि बैठक बस्ने ,आईजीपीकाे टुङ्गाे लागेन

मन्त्रिपरिषद् बैठक भोली फेरि बैठक बस्ने ,आईजीपीकाे टुङ्गाे लागेन

काठमाण्डौ
नेपाल प्रहरीको महानिरीक्षक आईजीपीनियुक्त गर्न भोली पनि बैठक बस्ने भएको छ । आज दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले आईजीपी छान्न नसकेपछि भोली फेरि मन्त्रिपरिषद् बैठक बस्ने भएको हो ।
सोमबारको बैठकमा नयाँ आईजीपी कसलाई बनाउने भन्ने बारे सामान्य छलफल भएको थियो । नयाँ आईजीपीका लागि प्रदेश १ मा कार्यरत ठाकुर ज्ञवाली, सुदूरपश्चिम प्रदेशमा कार्यरत तारिणीप्रसाद लम्साल र प्रहरी प्रधान कार्यालयमा कार्यरत सूर्यप्रसाद उपाध्यायले दाबेदारी प्रस्तुत गरेका छन् ।
महानिरीक्षक सर्वेन्द्रनाथ खनाललेभोली अवकाश पाउने भएपछि नयाँ आईजीपी बनाउन लागिएको हो । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले ३० वर्षे सेवा हदका कारण अवकाश पाउने भएपछि नेपाल प्रहरीको प्रमुख पद रिक्त हुँदैछ ।

प्रकाशित मिति : सोमबार, माघ २७ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij