बुटवल । प्रदेश नं. ५ को स्थापना दिवश शनिबार भब्य समारोहका बिच सम्पन्न भएको छ । बुटवल बहुमुखी क्याम्पसको प्राङ्गणमा भएको समारोहलाइ सम्बोधन गर्दै मुख्यमन्त्री शंकर पोखरेलले सिमित साधन श्रोतका बाबजुत प्रदेश सरकारले महत्वपुर्ण उपलब्धी हासील गरेको बताउनु भएको हो । दुइ बर्षको अवधीमाा ४८ वटा कानुन निर्माण गर्नुका साथै पुल, सडक, खानेपानी, अवास, शिक्षा , स्वास्थ्य, पर्यटन तथा कृषि क्षेत्रमा महत्वपुर्ण कामहरु गरेको उहाले बताउनु भयो ।
मुख्यमन्त्री पोखरेलले दुइ बर्षको अवधीमा प्रदेश सरकारले जनता माझ आफनो उपस्थिती देखिने गरी काम गरेको बताउनु भयो । नेपाल बन्छ र हामीले बनाउनु पर्छ भन्ने सकारात्मक सोच लिएर अगाडी बढन सके त्यसले विकास र समृद्धिको यात्रालाइ सार्थक बनाउने उहाँको भनाइ थियो । प्रदेश सरकारले चालु खर्च भन्दा पुँजीगत बजेट खर्च धेरै गर्न सक्षम भएको भन्दै उहाँले प्रदेश र स्थानीय सरकारको क्रियासीलता बिगतमा भन्दा निकै बढेको बताउनु भएको हो । ‘कानुन निर्माण र बजेट कार्यान्वयनमा हामी अन्य प्रदेश भन्दा अगाडी छौं । अवाधीक योजना बनाएर कार्यान्वयनमा लैजाने पनि हामी नै पहिलो हौं’ मुख्य मन्त्री पोखरेलले भन्नु भयो । साझा सुचिका कानुन नबन्दा प्रदेशलले कतिपय कानुन निर्माण गर्न नसकेको र त्यसले कार्य सम्पादनमा समेत समस्या भइरहेको पनि मन्त्रीले बताउनु भयो ।उहाँले कृषि नै प्रदेश विकासको मेरुदण्ड भएकाले कृषिको आधुनिकीकरण,व्यवसायीकरण र बजारीकरणलाइ उच्च प्राथमिकता राखेको बताउनु भयो । आधुनिक र व्यवसायीक कृषिलाइ बजार संग जोडने र बजारलाइ उद्यमसंग जोडेर विकास गरीने बताउनु भयो ।
प्रदेश भित्रै लगानीकर्ता खोज्ने र लगानीकर्तालाइ सवल र सक्षम बनाउने उद्येस्यले आगामी बैशाखका लगानी सम्मेलन गर्न लागेको जानकारी दिनुभयो । उच्च शिक्षाकोलागि प्रदेश बाहिर जानु नपर्ने गरी व्यवस्था गरीने,स्वास्थ्य क्षेत्रको विकास र अस्पतालहरुको स्तरबृद्धि र गुणस्तरीय सेवा सुविधाकालािग ठोस योजना बनीसकेको मुख्यमन्त्री पोखरेलले बताउनु भयो । लुीम्बिनी प्रादेसिक रअस्पताललाइ प्रदेशकै गौरबका अयोजनाको रुपमा विकास गर्दै विशिष्टिकृत स्वास्थ्य सेवा उपलब्ध गराइने बताउनु भयो ।
सुशासनका दृष्टिकोणले अब्बल प्रदेश बनाउने प्रतिवद्धता पनि मुख्य मन्त्री पोखरेलले गर्नु भएको छ । विपत व्यवस्थापनकालागि सक्षम बन्न प्रदेश तालिम केन्द्रको निर्माण गर्ने र विपतमा परेकाहरुको पुनस्थापनाको तयारी भइरहेको जानकारी दिनुभयो । स्थापना दिवशकै अबसरमा प्रदेश पदकद्धारा ३५ जनालाइ बिभुषित गरीयो । यस्तै साफ गेममा प्रदेशबाट सहभागी भइ पदक बिजेता खेलाडीहरुलाइ पनि नगद पुरस्कारले पुरस्कृत गरीयो । प्रदेश प्रमुख धर्मनाथ यादव, मुख्यमन्त्री शंकर पोखरेल र बुटवल उपमहानगर पालिकाका प्रमुख शिवराज सुवेदीले पदक तथा नगद पुरस्कारले सम्मान गर्नु भएको हो । बुटवल नगरपालिकाका प्रमुख शिवराज सुवेदीले समारोहमा सहभागीलाइ स्वागत गर्नुभयो । स्थापना दिवशको मुल समारोह अघि झाँकी सहितको रयाली निकालीएको थियो । रयालीमा उत्कृष्ट हुने समुहलाइ पनि पुरस्कृत गरीयो ।
प्रकाशित मिति : शनिबार, फाल्गुन ३ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्