तौलिहवा ।
प्रदेश नम्बर ५ का सामाजिक विकास मन्त्री सुर्दशन बरालले एक पालिका एक अस्पतालको अवधारणा अघि बढेको भन्दै अस्पतालमा प्रर्याप्त मात्रामा औषधि, विभिन्न उपकरण, बर्थिङ सेन्टर, उपलब्ध गराउन प्रदेश सरकारले योजनावद्ध तरिकाले काम गरेको बताउनुभएको छ ।तौलिहवामा रहेको कपिलवस्तु अस्पतालको नव निर्मित भवनको उद्घाटन गर्दे मन्त्री बरालले
स्वास्थ्य सेवलाई सर्वसुलभ र गुणस्तरीय बनाउन प्रदेश सरकारले सरकारी अस्पतालको स्तरन्नती गर्ने कार्य समेत अघि बढाएको बताउनुभयो । जनतालाई स्वास्थ्य सेवा दिने सरकारको दायित्व भएको बताउनुभयो । संविधानले परिकल्पना गरेको हुँदा सेवा प्रवाह गर्न राज्य सक्षम हुनुपर्ने मान्यताका साथ प्रदेश सरकारले काम अगाडी बढाई रहेको बताउनुभयो ।
‘स्वास्थ्य जस्तो निकै संवेदनशील क्षेत्रमा सरकारले विशेष योजना बनाएरै काम गर्दै छ, जनतालाई महसुस हुने गरी नै काम भइरहेको उहाले जिकिर गर्नुभयो ।’ २०६९ मा निर्माण सुरु गरिएको १२ करोड लागतको भवन यस बर्ष मात्र निर्माण सम्पन्न गरिएको हो । प्रदेशसभा सदस्य तथा सामाजिक बिकास संयोजक दिर्घ नारायण पाण्डेयले मान्छेको स्वास्थ्य नै प्रमुख सम्पत्ति भएकाले अस्पताल व्यवस्थित रूपमा प्रयोग गर्नुपर्ने भन्दै जिल्लाको विकास जनताको माग र आवश्यकताको आधारमा तीव्र गतिमा अगाडि बढाउनु पर्नेमा जोड दिनुभयो।

प्रदेशसभा सदस्य धर्म बहादुर लाल श्रीवास्तव, सहसराम यादवले कपिलवस्तु अस्पतालले सेवा सुबिधा बढाउँदै लगेको र यससंगै अस्पतालको भौतिक र बिरामीहरुको उपचार सेवा सुबिधाको स्तरमा उल्लेखनीय रुपमा सुधार आएको बताउनुभयो । उनीहरुले अस्पताललाई ५० शैयाको बनाउनु पर्नेमा जोड दिनुभयो।
यस्तै पुर्वमन्त्री दीप कुमार उपाध्यायले सरकारी अस्पतालको सेवा सुबिधा बढाउनुपर्ने बताउनुभयो। स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डाक्टर बिनोद गिरीले प्रदेश सरकारले जिल्ला अस्पतालमा चार किसिमको बिशिष्ट सेवा संचालनको लागि पहल गरेको बताउनुभया ।
सो अवसरमा तौलिहवा अस्पतालका मेडिकल सुपरिटेन्डेन किशोर बन्जाडेले ६ बर्षको अथक प्रयास पछि अस्पतालको भौतिक र सेवा सुबिधामा निकै सुधार आएको दाबी गर्नुभयो । जिल्ला समन्वय समितिका प्रमुख नारायण खनालको संचालनमा भएको कार्यक्रममा अस्पतालका ब्यवस्थापक रत्नाकर शुक्ला लगायतले मन्तब्य दिनुभएको थियो ।
यसैबीच नेपाल अर्थोपेडिक अस्पताल काठमाडौंको आयोजनामा कपिलवस्तु अस्पतालमाआजदेखि ३ दिने दिने हाडजोर्नी र नशा सम्बन्धी शिबिर सुरु भएको छ । शिबिरमा सबै सेवा निःशुल्क हुने अस्पतालले जनाएको छ
प्रकाशित मिति : मंगलबार, फाल्गुन ६ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्