काठमाडौं/नेपाल विद्यार्थी संघले निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाविरुद्ध कानूनी कारबाहीको माग गर्दै प्रदर्शन गरेको छ ।शुक्रबार नेबिसंघले वाल्मीकि विद्यापीठबाट जुलुस प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीहरु वाल्मीकि विद्यापीठहुँदै राष्ट्रियसभाभवन नजिकै पुगेर पुनः वाल्मीकिमै फर्किएका थिए ।
कोणसभामा प्रधानमन्त्री केपी ओलीको राजीनामासँगै निवर्तमान मन्त्री बस्कोटालाई कानूनी कारबाहीको लागि नारा जुलुस लगाएका थिए ।बाँस्कोटाले ७० करोड कमिसन मागेको अडियो सार्वजनिक भएसँगै नेविसंघले विरोध प्रदर्शन गर्दै आएको छ ।
प्रकाशित मिति : शुक्रबार, फाल्गुन ९ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्