बुटवल । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थि संघ वुटवल वहुमुखी क्याम्पस ईकाई समितिले आइतबार बिहान वुटवल वहुमुखी क्याम्पस अगाडि विरोध प्रदर्शन गरेको छ । इन्धनमा लगाएको पूर्वाधार कर, पुस्तकमा लगाइएको १० प्रतिशत कर फिर्ता र तत्काल स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको माग गर्दै नेविसंघ वहुमुखी क्याम्पस ईकाई समितिले क्याम्पस अगाडि प्रदर्शन गरेको वुटवल वहुमुखी क्याम्पस ईकाई समितिका उपसभापति ऋषि भण्डारीले जानकारी दीएका छन् । विरोध कार्यक्रममा नेपाल विद्यार्थि संघ वुटवल वहुमुखी क्याम्पस ईकाई समितिका सभापति दिनेस पौडेलले ७० करोड कमिसनमा मुछिएका पूर्वमन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिँदैमा उन्मुक्ति दिन नहुने पताए । किताबमा कर लगाएर सरकारले शिक्षालाई महँगो बनाएको र सुरक्षण मुद्रण खरिद प्रकरणमा कमिसन मागेका तत्कालीन सञ्चारमन्त्री गोकुल बास्कोटालाई राजीनामा दिएकै भरमा उन्मुक्ति दिन खोजिएकोले आन्दोलनमा उत्रिएको सभापति पौडेलले बताए । कार्यक्रममा वुटवल वहुमुखी क्याम्पसका उपसभापति विक्रम पौडेल, गोविन्द वस्नेत, दिवस न्यौपाने, सागर पौडेल, सन्दिप पाण्डे, सुमन अधिकारीको उपस्थिती रहेको थियो ।
प्रकाशित मिति : आइतबार, फाल्गुन १८ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्