विश्व हिन्दु महासंघ महिला समिति बुटवलद्धारा निशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न

 विश्व हिन्दु महासंघ महिला समिति बुटवलद्धारा निशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न

बुटवल
विश्व हिन्दु महासंघ महिला समिति बुटवलले निशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको छ  ।  बुटवल उपमहानगरपालिका वडा नम्बर ४ स्थिीत संस्थाको  सभाहलमा भएको स्वास्थ्य शिविर कार्यक्रममा  कार्यक्रमका प्रमुख अतिथि  विश्व हिन्दु महासंघ जिल्ला शाखा  रुपन्देहीका अध्यक्ष महेश्वर प्रसाद श्रेष्ठले  रोग लाग्न भन्दा  रोग लाग्न  नदिनु नै  उत्तम उपाय भएको बताउदै  नियमित  स्वास्थ्य परीक्षण  गराउन  आवश्यक रहेको बताउनु भएको थियो । त्यस्तै  उहाँले निशुल्क स्वास्थ्य शिविर कार्यक्रम गर्न  संहयोग गर्ने हाडर्जोनी तथा नसा रोग विशेषज्ञ दिपेन्द्र  सिंह  क्षेत्री र स्त्री रोग  विशेषज्ञ  अरुण पोख्रर्रेल प्रति विशेष आभार  प्रकट गदै सफलताको शुभकामना व्यक्त गर्नु भयो ।

कार्यक्रममा कार्यक्रमका अध्यक्ष  विश्व हिन्दु महासंघ महिला समितिका अध्यक्ष  अम्विका पौडेल क्षेत्रीले  विगतका वर्ष देखि नै  स्वास्थ्य सम्बन्धी विभिन्न कार्यक्रमहरु ल्याएको र  यस शिविर बाट अधिकाश  व्यक्तिहरुले लाभ लिनुका साथै  जीर्ण रोगहरु नि पनि  निको भएको बताउनु भयो  । कार्यक्रममा बोल्नै  उहाँले  आगामी वर्षहरुमा  यस्ता प्रकारका शिविरहरुलाई  ग्रामीण केन्द्रित  गराउने  योजना रहेको  समेत रहेका  बताउनु भयो । त्यस्तै कार्यक्रममा  संस्थाका वरिष्ठ उपाध्यक्ष वेन बहादुर पौडेल क्षेत्रीले  कार्यक्रमको सफलताको शुभकामना दिनु हुदै यस्ता सेवाहरु बाट  लाभ लिन आग्रह  गर्नु भएको थियो  ।

शिविर बाट  ९८ जनाले लाभ लिएका छन् । कार्यक्रम विश्व हिन्दु महासंघ महिला समितिका अध्यक्ष  अम्विका पौडेल क्षेत्रीको अध्यक्षता , विश्व हिन्दु महासंघ जिल्ला शाखा  रुपन्देहीका अध्यक्ष महेश्वर प्रसाद श्रेष्ठको प्रमुख  आतित्यथा,   महासचिव सुजिता शेरचनको संचालनमा कार्यक्रम सम्पन्न  भएको थियो ।

प्रकाशित मिति : शनिबार, फाल्गुन २४ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij