यतिखेर यत्रतत्र सर्वत्र कोभिड–२०१९ नाम दिइएको कोरोनाभाइरसको आतंक र चर्चा छ । यसै सन्दर्भमा भाइरस के हो र? यो कसरी सर्छ रोकथाम कसरी गर्न सकिन्छ यसै सन्धर्भमा सिता बरालले डा. बिनय रेग्मीसंग गरेको कुराकानि
के हो कोरोना भाइरस रु यो कसरी फैलिन्छ ?
अहिले फेसबुक र फेक समाचार डर लाग्दा भिडियो हरु प्रसारण भै रहेका छन।ती नचाहिदा भिडियो नहेर्नु।यस्ता भिडियो हेर्दा जो कसैको मनोबल घट्ने र डर पैदा हुन्छ । हामीले मनोबल नबढाए, विज्ञको कुरामा मात्र विश्वास नगरे, हल्ला र भ्रमले डराए, फेक समाचार पत्याए हाम्रो जीवनमा कोरोना भाइरस हैन, मनोरोग हुन्छ। धेरै मानिसमा त्रासको कारण आत्मबल घटेको छ, स्वस्थ्य जीवनशैली अपनायौं भने कोरोनासँग बिल्कुल डराउनु पर्दैन।यस्ता महामारी फैलने बेला पहिले आफू जोगिने र अरुलाइ जोगिन मद्दत गर्नु हाम्रो दयित्व हो।कोरोना लाग्दैमा मरिहालिन्छ बाचिदैन भन्ने कुरा एकदमै गलत हो रुघा खोकी ज्वरो छ भन्दैमा कोरोना नै हुन्छ भन्ने छैन। यस्ता रुघा खोकी ज्वरो अरु भाइरल रोग जस्तै स्वाइन फ्लू देखि अन्य भाइरस हरु ले गर्दा पनि हुन्छन। कतिपय मानिस हरु साधारण रुघा खोकी मात्र छ र ज्वरो छैन भने पनि अनावश्यक अस्पतालमा भिड भाड बढाउदै गरेको पनि देखियो।अस्पतालमा गएर अहिले तपाइको कोरोना छ छैन कसैले भन्न सक्दैन।त्यसैले एक पटक सोचेर मात्र अस्पतालमा जानुहोला। अस्पतालमा जादा यात्रा गर्दा फेरि रोग को जोखिम बढन सक्ला।तसर्थ अनावश्यक यात्रा नगर्नुहोस।अरु नसर्ने रोग हरु छन भने फलो अप को लागि अहिले अस्पतालमा नजानु।मिल्छ भने आफ्नो चिकित्सक सङ टेलिफोन मा हुन्छ कि या अन्य माध्यम जस्तै भाइबर स्कसिप आदि बाट पनि परामर्श लिन सक्नु हुन्छ।कोरोना भाइरस रोग चीन मा फैलिरहेको छ।नेपालमा भित्रिन सक्छ।त्यस्कारण नेपाल सरकार ले चीन भित्रीने नाकामा सचेत रहनु पर्दछ।चीन बाट आएका बिदेशी तथा स्वदेशी हरु लाई रुघा खोकी ज्वरो छ भने तिनिहरुलाइ आइसोलेसन गरि जाँच गर्नु पर्दछ।
तपाईं हामी पनि रुघा खोकी ज्वरो भएका बिरामी शीत अलि सचेत भएर बसौ।
भिडभाड मा जादा मास्क लगाएर हिड्नुहोस।
छिउ गर्दा नाक मुख छोपेर गर्ने बानी बसाल्नु।हात धुने
रुघा खोकी लागेका हरुको रुमाल लुगा र अन्य सामान प्रयोग नगर्नुहोस।
रुघा खोकी लागेका हरुले झोलकुरा धेरै पिउने भिटामिन सि खाने।
साना नानी हरु लाई रुघा खोकी छ भने स्कुल नपठाउनु होस ताकी अरु लाई नसरोस।
रुघा खोकी छ भने चिकित्सक को परामर्श लिन जरुरी छ। साधारण रुघा खोकी भनेर घरमा बस्दा कहिलेकाही निमोनिया भैसकेको हुन्छ र अस्पताल जादा रोग ले जटिल रुप लिसकेको हुन सक्छ त्यस्कारण समयमै उपचार गराउनु पर्दछ।
रोग प्रतिरोधात्मक क्षमता कसरी बढाउने?
रुघा खोकी ज्वरो छ भने घरमै बस्ने सिटामोल लिने ।झोलिलो कुरा पिउने।भिटामिन सि लिने।
अरु लाई नसरोस भनी आफुले बिचार पुर्याउने।
बिरामिले मास्क लगाउने।बाहिर भिड भाड मा नजाने।
हात धुने ।बिरामी ले खोक्दा रुमाल या टिसु पेपर प्रयोग गर्ने। प्रयोग पछि त्यस्लाई सुरक्षित पारेर फाल्ने।
घरमा बुढा आमा बा साना नाना नानी छन भने आफू बिरामी हुदा छुट्टै कोठा मा बस्ने र तिनी हरु को सम्पर्कमा नआउने।
रुमाल छुट्टै प्रयोग गर्ने।
सास फेर्न गाह्रो भएमाअस्पताल जाने
कोरोना भाइरसबाट कसरि बच्न सकिन्छ?
धेरै नआत्तिनुहोस सबै मिलि यस्लाइ फैलिन नदिउ।कोहि चीन बाट या यो रोग लागेको ठाउँ बाट आएका मानिस या तिनी सङ को सम्पर्कमा भएका मानिस मा ज्वरो रुघा खोकी छ भने।
आरु साधारण रुघा खोकी या अन्य भाइरल ज्वरो पनि हुन सक्छ।तसर्थ ज्वरो रुघा खोकी छ भने चिकित्सक लाई देखाउने।र अरु भाइरल पत्ता लगाउन तिर लाग्ने।
साधारण रुघा खोकी लागेका हरु ले घरमै बसेर आइसोलेट हुदा राम्रो।
आफू लाई रुघा खोकी छ भने अरु लाई नसरोस भनी बिचार पुर्याउने।आफू मास्क लगाइ बस्ने छिउ गर्दा खोक्दा मुख छोपी खोक्ने।
सबै रुघा खोकी कोरोना भाइरस होइन त्यस्कारण संक्का लागेका हरु चिकित्सक को परामर्श लिन जाने।
कोरोना भाइरस लागेका हरु अस्पतालमा आइसोलेट भै उपचार गर्ने ता कि त यो भाइरस धेरै फैलने र महामारी लिन नपाओस।
यसले सर्बसाधरणमा कस्तो असर पारेको छ ?
अहिले कोरोनाको त्रासबाट जनजीवन अस्तव्यस्त बनेको छ। सबैजसो बर्गका व्यक्तिहरू कोरोनाको डरबाट आतंकित भएको अवस्था छ। आम जनसमुदाय कोरोनाको कारण आतंकित हुनुपर्ने अवस्था छैन।केही विषयमा ध्यान दियौं भने जोगिन सकिन्छ।
ति बिषयहरु केके हुन ?
कोरोना कमजोर भाइरस हो, कोरोना संक्रमण भएका व्यक्तिमध्ये ८५ प्रतिशतलाई सामान्य खोकी, ज्वरो आएर आफै निको हुन्छ।
बाँकी १५ प्रतिशतलाई स्वासप्रश्वासको समस्या देखा पर्न सक्छ। उनीहरुलाई अस्पताल जानुपर्ने हुन्छ। उपचारपछि अधिकांश निको हुन्छन्। २।३ प्रतिशतलाई मृत्युको डर हुन्छ, २।३ प्रतिशत मृत्युदर धेरै रोगमा छ।
कोरोना नियन्त्रण गर्न सरकारले धेरै योजना बनाएको छ। जिल्ला–जिल्लामा कोरोना संक्रमण टेस्ट तथा उपचार गर्ने व्यवस्था मिलाउँदै छ। आवश्यक परेको खण्डमा पूर्ण लक डाउन गर्ने, जुनसुकै उमेरका व्यक्तिहरू जो क्यान्सरको अन्तिम स्टेजमा छन्, अंग प्रत्यारोपण गरेका छन्, मधुमेह नियन्त्रण नभएर मिर्गौला, मुटुलगायत अंगमा असर भएको छ, ब्लडप्रेसर औषधिबाट नियन्त्रण नभएर मुटुको अप्ठ्यारो रोग छ, एचाइभीको औषधिले काम गर्न छोडेको छ त्यस्ता व्यक्तिलाई जोखिम छ, जोखिम भनेको मृत्यु होइन। अतिरिक्त ख्याल गर्नुपर्छ भनेको हो।
बालबालिकालाई संक्रमण हुने डर न्यून छ। मृत्युदर नगन्य छ।कोरोना भाइरस हामीलाई खोज्दै घरमा आउदैन। हामी नै खोज्दै भीडभाडमा गएर ल्याउने हो। तसर्थ अधिकतम समय घरमै बसौं। सकभर अस्पताल, क्लिनिक नजाऔं, त्यहीबाट संक्रमण सर्न सक्छ। सपिंङ मल, सार्वजनिक यातायात, मन्दिर आदिमा अहिले नजाऔं।
प्रकाशित मिति : आइतबार, चैत्र ९ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्