कोरोना संक्रमणको जोखीम बिरुद्ध एक भएर लडने काँग्रेस सहितका ८ दलको प्रतिबद्धता

कोरोना संक्रमणको जोखीम बिरुद्ध एक भएर लडने काँग्रेस सहितका ८ दलको प्रतिबद्धता

 

बुटवल— बुटवलका कृयाशिल राजनीतिक दलहरुले कोरोना संक्रमणको जोखीम बिरुद्धको लडाइमा पुर्ण साथ र सहयोग गर्ने प्रतिबद्धता जनाएका छन ।
नेपाली काँग्रेस,राष्ट्रिय जनमोर्चा,राष्ट्रिय जनमुक्ति,नेपाल मजदुर किसान पार्टी, समाजवादी पार्टी,राजपा,नेकपा माले र नेकपा क्रान्तिकारीका नगरका नेताहरुले कोरोना बिरुद्धको लडाइमा सबै एक भएर लाग्ने प्रतिवद्धता जनाएका हुन । काँग्रेस सहितका ८ वटा पार्टीका नेताहरुले आज बुटवलमा बन्दै गरेको कोरोना बिशेष अस्थाइ अस्पतालको स्थलगत अवलोकन गरि जानकारी पनि लिए । छिमेकी मुलुक चीनबाट फैलिएर अहिले विश्वमा महामारीको रुप लिएको कोरोना भाईरस ९कोभिड–१९०को संक्रमण भईहाले तत्कालै उचारकालागि संघीय सरकारले प्रत्येक प्रदेशमा सय बेडको कोरोना विशेष अस्पताल निमाण गर्न प्रदेश सरकारलाई आग्रह गरेको थियो ।
सोही अनुसार लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र बुटवल उपमहानगरपालिकाको पहलमा बन्द भएको बुटवल धागो कारखानामा कोरोना बिशेष अस्थाइ अस्पताल तयार हुदैछ । आइतबार सोही अस्पतालको स्थलगत अवलोकन गर्दै बुटवलमा क्रियाशील दलहरुले विपदको सामना गर्नकालागि आफूहरु तयार रहेको बताए । नेपाली काँग्रेस बुटवल नगर समितिका सभापति खेलराज पाण्डेले कोरोना संक्रमणको त्रास फैलिएका बेलामा कुनैपनि बिरामीको उचारमा कुनै कसर बाँकी नराख्न बुटवलका मेयर र लुम्बिनी प्रादेसिक अस्पताल प्रशासनलाइ आग्रह गर्नु भयो । बिरामीको सेवाकालागि आफूहरुको तर्फबाट पूर्ण साथ र समर्थन रहने प्रतिबद्धता जनाउदै नगरसभापती पाण्डेले जस्तो सुकै सहयोग गर्न तयार रहेको बताउनु भयो ।
सो अबसरमा बुटवल नगरपालिकाका प्रमुख शिवराज सुवेदीले विपदको सामना गर्नकालागि नगरपालिका र प्रदेश सरकार मिलेर काम सुरु गरेको बताउँदै तत्काल विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार ४८ बेड तयार भएको र आवश्यकता अनुसार थप गरिने जानकारी दिनु भयो । उहाँले कोरोनाको संक्रमण भएका बिरामीलाई निगरानीमा राख्दा प्रयोग हुने उपकरण महंगो पर्ने भएकाले त्यसकालागि रहत कोष खडा गरीने पनि बताउनु भयो । नगरप्रमुख घिमिरेले संक्रमण हुनै नदिनकालागि होम क्वारेनटाईनमा बस्न पनि नगरबासीलाई आग्रह गर्नुभयो ।
अनुगमनमा गएको राजनीतिक दलहहरुको टोलीलाइ लुम्बिनी प्रादेशिक अस्पताल बिकास समितिका अध्यक्ष सुर्यबहादुर भट्टराईले दुइ दिनमै अस्पताल निर्माणको काम अन्तिम चरणमा पुगेको र सोमबार देखि संचालनमा आउने बताउनु भयो ।
सो अबसरमा काँग्रेस नगर सभापती खेलराज पाण्डे, उपसभापति बिमलराज भट्टराई, सचिव ज्योती भण्डारी, राष्ट्रिय जनमुक्ति पार्टी थर्कबहादुर बाह्रघरे, नेपाल मजदुर किसान पार्टीको तर्फबाट जिल्ला अध्यक्ष हरिसुन्दर बासी, राप्रपाका निरजप्रताप खाँण, राष्ट्रिय जनमोर्चाका तुलसीराम शर्मा, राजपाका राजेन्द्र अग्रहरी, समाजवादी पार्टीका बामदेव भुसाल, नेकपा मालेका भरत पराजुली, नेकपा क्रान्तिकारीका मानबहादुर कुँवर सहभागि हुनुहुन्थ्यो । उहाँहरुले बिरामीको उचारमा कुनै कसर बाँकी नराख्न र आफूहरुको तर्फबाट पूर्ण साथ र समर्थन रहने बताउनु भएको हो ।

प्रकाशित मिति : आइतबार, चैत्र ९ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij