काठमाडौं ।
कोरोना भाइरसकोभिड–१९० को संक्रमणबाट विश्वभर १४ हजार ६ सय मानिसको ज्यान गएको छ । चीन उद्गम भएर विश्वको १८६ देशमा फैलिएको कोरोनाबाट झण्डै ३ लाख ३० हजार मानिसमा संक्रमित भएको पुष्टि भएको छ ।
बीबीसीका अनुसार, कोरोना संक्रमणबाट इटलीमा सबैभन्दा धेरै ५ हजार ४ सय ७६ मानिसको ज्यान गएको छ । त्यहाँका ५९ हजार १ सय ३८ मानिस संक्रमित रहेकोमा ३ हजारको अवस्था गम्भीर छ ।
उता, चीनमा ३ हजार २ सय ७० जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । यीमध्ये ३ हजार १ सय ५३ मानिस हुबेई प्रान्तका मात्रै छन् । हुबेई कोरोना संक्रमणको उद्गम स्थल हो स्पेनका लागि पनि कोरोना टाउको दुखाइको विषय बनेको छ । बीबीसीका अनुसार, हालसम्म यहाँ १ हजार ७ सय ७२ मानिसको ज्यान गइसकेको छ ।
मध्यपूर्वको देश इरानमा हालसम्म १ हजार ६ सय कोरोना संक्रमितको ज्यान गइसकेको छ । त्यहाँ अझै २१ हजार ६ सय ३८ मानिस संक्रमित रहेको बताइएको छ ।
फ्रान्समा पनि कोरोनाको संक्रमण फैलँदो अवस्थामा छ । रोकथामका पर्याप्त उपाय अवलम्बन गरिए पनि त्यहाँ हालसम्म ६ सय ७४ मानिसको ज्यान गइसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
संक्रमित संख्या भने चीनमा सबैभन्दा बढी छ । त्यहाँका झण्डै ८१ हजार ४ सय २६ मानिस कोरोना भाइरससँग जुधिरहेका छन् त्यस्तै, इटलीका ५९ हजार १ सय ३८, अमेरिकाका ३३ हजार २ सय ७६, स्पेनका २८ हजार ७ सय ६८ र जर्मनीका २४ हजार ८ सय ७३ मानिसमा कोरोनाको लक्षण भेटिएको छ ।
कोरोनाले महामारीको रूप लिने चेतावनीकै बीच नेपालको छिमेकी देश भारतमा सात जनाको ज्यान गइसकेको छ । ३६० मानिसमा कोरोनाको संक्रमण पुष्टि भएको छ । कोरोना फैलन थालेपछि भारतले २२ राज्यको ७५ जिल्लामा ३१ मार्चसम्म लकडाउन गरेको छ ।
प्रकाशित मिति : सोमबार, चैत्र १० २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्