कोरोना भाइरसः एउटै विमानमा नेपाल आएका थिए दोस्रो र पाँचौं संक्रमित

कोरोना भाइरसः एउटै विमानमा नेपाल आएका थिए दोस्रो र पाँचौं संक्रमित

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमण भएको दोस्रो र पाँचौ व्यक्ति एकै विमानमा आएको पाइएको छ । उनीहरु दुबै जना चैत ४ गते कतार हुँदै कतार एयरवेजको विमान चढेर नेपाल आएका हुन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार कोरोना संक्रमित पाँचौ व्यक्ति बागलुङकी १९ वर्षकी किशोरी हुन् । उनी चैत ४ गते कतार एयरवेजको क्यू आर ६५२ उडानबाट यसअघि  कोरोरना संक्रमण पुष्टि भइसकेकी युवतीसँगै नेपाल आएकी हुन् ।

त्यही विमानमा आएकी काठमाडौंकी १९ वर्षकी युवतीमा कोरोना भाइरस संक्रमण भएको स्वास्थ्य मन्त्रालयले चैत १० गते जानकारी दिएको थियो ।

फ्रान्सबाट कतारसम्म सँगै आएकी भियतनामी साथीमा कोरोना संक्रमण देखिएपछि उनी चैत ७ गते टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल पुगेकी थिइन् । १० गते उनको कोरोना संक्रमणको पोजेटिभ रिपोर्ट आएको थियो । यो नेपालमा भेटिएको दोस्रो स्रंक्रमण थियो ।

उक्त विमानमा सँगै नेपाल आएकी बाग्लुङकी अर्की १९ वर्षीय युवतीको रिपोर्ट पनि आज पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो ।

बाग्लुङकी कोरोना संक्रमित युवती काठमाडौं आइपुगेको अर्को दिन माइक्रो चढेर बाग्लुङ पुगेकी खुलेको छ। घर गएको केहि दिनपछि उनलाई ज्वरो आएको बुझिएको छ ।

बाग्लुङ नगरपालिकाका मेयर जनकराज पौडेलका अनुसार ज्वरो आएपछि उनी धौलागिरि अञ्चल अस्पतालमा जचाउन गएकी थिइन् । तर अस्पतालमा उनले आफू बाहिरबाट आएको भने जानकारी दिएकी थिइनन् ।

उनी आएको जहाजमा आएकी युवतीलाई कोरोना देखिएपछि त्यो फ्लाइटका सबैको नाम सार्वजनिक हुदा उनको पनि नाम देखेपछि घरमै गएर स्वाब संकलन गरिएको मेयर पौडेलले बताउनुभयो।

चार दिनअघि परीक्षणका लागि स्वाब पठाइएकी युवती अहिले पनि घरमै रहेको मेयर पौडेलले बताउनुभयो  । उनलाई चाँडै काठमाडौं ल्बयाउने तयारी भइरहेको बताइएको छ ।

प्रकाशित मिति : शनिबार, चैत्र १५ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij