सियारी
रूपन्देहीको सियारी गाउँपालिकामा विपत ब्यवस्थापन तथा राहत कोष स्थापना गरिएको छ।विपत व्यवस्थापन समितिको आईतबार बसेको अकास्मिक बैठकले गाउँपालिकाको तर्फबाट रू २५ लाख बराबरको विपत व्यवास्थापन रहत कोष स्थापना गरिएको हो ।
विश्वभर महामारीको रूपमा फैलिरहेको कोराना भाइरस नेपालमा पनि देखिए पछि अहिले नेपालमा देशभर सरकारले लकडाउन गरेको छ । लकडाउनको समयमा दैनिक गुजारा चलाउन नसक्नेहरू अति गरिव तथा छाक टार्न समास्या परेकाहरूलाई र रोगबाट प्रभावितहरूलाई उपचारमा सहजताका लागि सो कोष बनाईएको गाउँपालिका अध्यक्ष अयाध्या थारूले बताउनु भयो ।
गाउँपालिकामा गरिव तथा छाक टार्न मुस्किल पर्नेहरूको लगत लिने कार्य वडा मार्फत भैरहेको र जतिसक्दो चाँडो रहात वितरण गरिने उहाँको भनाइ छ ।
गाउँपालिका प्रवक्ता तथा उपाध्यक्ष अमृता गुरूङले परिवारीक र आर्थिक अवास्थ हेरेर आवश्यक खाद्यान्न चमल,दाल र नुन वितरण गरिने बताउनुभयो ।
गाँपालिकाको विपत ब्यवास्थपन खाता एनआईसी एसिया बैंकको खाता नं.०९३सिए ५००१४९४१००४ मा सर्वसाधारण तथा संघसंस्थाहरूले सहायोग रकम जम्मा गर्न सकिने गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मीनप्रसाद भट्टराईले बताउनु भयो ।
डिसइन्फेक्सन स्प्रे सुरु
यस्तै गाउँपालिकाले डिस्इन्फेक्सन बनाउन स्प्रे सुरु गरेको छ । विभिन्न बजार टोल तथा बाटोहरूमा किटनासक विषादी छर्ने कार्य आईतबार देखि सुरू गरिएको गाउँपालिकाले जनाएको छ ।
आजै बसेको बैठकले विभिन्न ठाउँमा सेनेटाईजर वितरण गरिने, गाउपालिकाभरि विषाधि निरन्तर छर्कने, स्वास्थ समाग्री मगाउन समाजिक विकास मन्त्रलायमा पहल गरिने, लकडाउनले छाक टार्न समास्य परेकाहरूलाई राहत वितरण पारदर्शी बनाउने, क्वारेन्टाइनमा भएकाहरूको उचित हेरचाह गर्ने व्यवस्था मिलाइएको प्रवक्ता गुरूङले बताउनु भयो ।
प्रकाशित मिति : सोमबार, चैत्र १७ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्