काठमाडौं
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बिहीबार बिहानदेखि बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगित भएको छ। बिहीबार बिहान ११ बजेदेखि बस्ने भनिएको स्थायी कमिटी बैठक तत्काललाई स्थगित भएको जानकारी प्रवक्ता नारायणकाजी श्रेष्ठले दिएका छन्। बुधबार बसेको सचिवालय बैठकले स्थायी कमिटी बैठकमा राख्ने एजेण्डा तय गर्न सकेको थिएन। यही शनिबार बसेको सचिवालय बैठकले २५ गतेका लागि स्थायी कमिटी डाक्ने निर्णय लिएको थियो। तर, बुधबारसम्ममा पनि सचिवालयले स्थायी कमिटीमा लैजाने एजेण्डा तय गर्न सकेको थिए। बुधबार बसेको सचिवालयले पनि एजेण्डा तय गर्न नसकेपछि त्यसको जिम्मा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्कमल दाहाल प्रचण्डलाई दिएको थियो। पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले एजेण्डा तयसँगै स्थायी कमिटी बस्ने नबस्ने निर्णयको जिम्मेवारी अध्यक्षद्वयलाई दिइएको जानकारी बुधबार साँझ सञ्चारकर्मीहरुलाई दिएका थिए। तर दुई अध्यक्षबीच पनि बैठक बोलाउनेबारेमा सहमति नजुटेपछि स्थायी कमिटी तत्कालका लागि स्थगित गरिएको हो। स्रोतका अनुसार प्रधानमन्त्री केपी ओलीले कोरोनाविरुद्धको अभियान सशक्त पार्नु पर्ने तथा नयाँ बजेट निर्माणमा पनि लाग्नुपर्ने भएकाले तत्काललाई स्थायी कमिटी बस्न नसक्ने बताएका थिए।
प्रकाशित मिति : बुधबार, बैशाख २४ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्