रेडक्रस दिवसको अवसर पारेर सैनामैनामा रक्तदान कार्यक्रमबाट सम्पन्न , १०३ युनिट रगत संकलन

रेडक्रस दिवसको अवसर पारेर सैनामैनामा रक्तदान कार्यक्रमबाट सम्पन्न , १०३ युनिट रगत संकलन

बुटवल ।
आज विश्व रेडक्रस दिवस रेडक्रसका जन्मदाता जा हेनरी ड्युनाको सम्झनामा विश्वभर विभिन्न कार्यक्रम गरि मनाईएको छ । विश्वभर महामारीका रुपमा फैलिएको काभिड–१९ कोरोना भाईरसले गर्दा विगतका बर्षमा जसरी कार्यक्रमहरु भने हुन सकेनन् । यद्यपी सामाजिक दुरी कायम गर्दै विपद न्युनिकरणमा सहयोग गर्ने हेतुले रक्तदान लगायतका कार्यक्रम सम्पन्न भएका छन्
रुपन्देहीको सैनामैनामा रहेको सैनामैना युवा रेडक्रस सर्कलले आज रेडक्रस दिवसको अवसर पारेर रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । सैनामैना–८ रामापुरमा रहेको सत्चिन्तन सामुदायिक प्रतिष्ठानमा आज सम्पन्न भएको कार्यक्रमा १०३ युनिट रगत संकलन भएको छ । सैनामैना युवा रेडक्रस सर्कलका अध्यक्ष महेश अधिकारीको सभातित्व , नेपाल रेडक्रस सोसाईटीका अध्यक्ष प्रेमलाल उदासको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रम बिहान ०८ बजे देखी ११ बजे सम्म भएको थियो ।
कार्यक्रममा नमुना युथ क्लब , घर घरमा चुलो अभियान ,नव जन जागृति युवा क्लब , सैनामैना ग्रिल तथा स्टिल ब्यवसायी संघ , आधिखोला व्वाईज गु्रपको बिशेष सहयोग रहेको सर्कलका अध्यक्ष महेश अधिकारीले बताउनुभयो ।

प्रकाशित मिति : शुक्रबार, बैशाख २६ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij