रुपन्देहीका राजनीतिक दलहरुद्धारा अलपत्र परेका नागरिकहरुलाई स्वदेश ल्याउनुपर्ने माग

रुपन्देहीका राजनीतिक दलहरुद्धारा अलपत्र परेका नागरिकहरुलाई स्वदेश ल्याउनुपर्ने माग

भैरहवा । रुपन्देहीका राजनीतिक दलहरुले नेपाल भारत सीमामा तथा विदेशमा अलपत्र परेका नागरिकहरुलाई स्वदेश ल्याउनुपर्ने माग गरेका छन् । उनीहरुले सीमामा अलपत्र नागरिकलाई आधिकारिक बाटो खोलेर स्वास्थ्य परीक्षण गराई क्वारेन्टाइनमा राख्न सरकारसंग माग गरेका छन् । नेपाली कांग्रेस रुपन्देहीका सभापति एवं पूर्व खानेपानी तथा सरसफाई राज्यमन्त्री अब्दुल रज्जाकको सभापतित्व तथा विभिन्न राजनीतिक दलको उपस्थितिमा सोमबार भैरहवामा सम्पन्न सर्वदलीय बैठकले अलपत्र अवस्थामा रहेका नेपालीहरुलाई स्वदेश ल्याउनेतर्फ सरकारले जिम्मेवारी पुरा नगरेको आरोप लगाएको छ ।खासगरी नेपाल भारत सीमा खुल्ला भएकोले हजारौं नेपालीहरु अलपत्र परि लुकीछिपी नागरिक नेपाल प्रवेश गरिरहेकोले नेपाल सरकार नागरिकप्रति जिम्मेवार भई विदेश तथा भारतको सिमानामा अलपत्र परेका नागरिकलाई उद्दार गर्नुपर्ने बैठकले माग गरेको छ ।

त्यस्तै बैठकले कोरोना भाइरसको संक्रमणबाट आक्रान्त भएको बेला मुलुक आर्थिक रुपमा तहसनहस हुँदा किसानलाई संरक्षण गरेर आर्थिक रुपमा आर्थिक रुपमा उकालो लाग्ने भएकोले सरकार जिम्मेवार भइ किसानलाई मलखाद, बिउबिजन अविलम्ब उपलब्ध गराउनुपर्ने माग गरेको छ । त्यसै गरी सन् १८१९ को सुगौली सन्धिबाट महाकालीपूर्व लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपाली भुभाग हुन भन्ने प्रमाणित हुँदाहुँदै भारतले नेपाली भुभागलाई विवादित बनाई अहिले बाटो निर्माण गरी उद्घाटन गरेकोप्रति बैठकले आपत्ति जनाएको छ । नेपालको राष्ट्रियता अखण्डतामामाथि अतिक्रमण गर्ने भारतको मिचाहा प्रवृत्तिविरुद्ध नेपाली राजनीतिक पार्टीहरु संघर्ष गर्न तयार रहेको बैठकले निर्णय गरेको छ ।केही समय पहिलादेखि चिनिया नागरिकको विभिन्न गलत अवान्छित क्रियाकलाप बढ्दै गएको र हालै उनीहरुबाट निशेधित क्षेत्र तोडी नेपाली सुरक्षाकर्मीमाथि ढुंगामुढा गरेकोमा नेपालको कानून अनुसार खुट्टा नकमाई कारवाहीको लागि बैठकले माग गरेको छ ।

बैठकमा जनता समाजवादी पार्टीका राम अवतार यादव, अजय वर्मा, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुपन्देही अध्यक्ष सागर प्रताप राणा, ताहिर अली, ने.क.पा (क्रान्तिकारी माओवादी) का मोजिब अलि, राष्ट्रिय जनमुक्ति पार्टी रुपन्देहीका अध्यक्ष प्रेम कुमार थापा, राप्रपा रुपन्देहीका उपाध्यक्ष अजय कुमार गुप्ता, देशभक्त जनगणतान्त्रिक मोर्चाका केन्द्रीय सदस्य टिपु सुल्तान, राप्रपा रुपन्देही युवा संगठनका सभापति शंकर खत्री, नेपाली कांग्रेस जिल्ला सचिव रामकृष्ण खांण, जिल्ला कोषाध्यक्ष दिपक क्षेत्री न्यौपाने, कांग्रेस तिलोत्तमा–१४ वडा सचिव प्रेम बहादुर थापा, जनता समाजवादी पार्टीका मोहन लाल यादव र सन्तोष कुमार दुवेको उपस्थिति रहेको थियो ।प्रधानमन्त्रीलाई ज्ञापनपत्र यसैबीच रुपन्देहीका राजनीतिक दलहरुले विदेश तथा नेपाल भारतको सीमामा अलपत्र नागरिकहरुलाई उद्दार गर्नुपर्नेसहित ४ बुँदे माग राख्दै प्रधानमन्त्री के.पी. ओलीलाई ज्ञापनपत्र बुझाएका छन् । विभिन्न निर्णयहरु गर्दै सम्पन्न सर्वदलीय बैठकको निर्णयहरुको जानकारी गराउँदै उनीहरुले रुपन्देहीका प्रमुख जिल्ला अधिकारी माहादेव पन्थमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्र बुझ्दै प्रजिअ पन्थले राजनीतिक दलहरुको माग प्रधानमन्त्रीको कार्यालयमा पठाइने बताए ।

प्रकाशित मिति : सोमबार, बैशाख २९ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij