संविधान संशोधन सम्बन्धी विषयका बारेमा निर्णय गर्न

संविधान संशोधन सम्बन्धी विषयका बारेमा निर्णय गर्न

काठमाडौं ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारले संसदमा प्रस्तुत गरेको संविधान संशोधन सम्बन्धी विषयका बारेमा निर्णय गर्न पार्टीको केन्द्रीय कार्यसमितिको बैठक बोलाउने निर्णय गरेको छ ।पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार बसेको पदाधिकारी बैठकले सरकारद्वारा संसदमा प्रस्तुत संविधान संशोधन सम्बन्धी विषयमा आवश्यक निर्णय गर्न केन्द्रीय कार्यसमितिको बैठक बोलाउने निर्णय गरेको हो ।

बैठकले महाकाली पूर्वका लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालीमा नेपालको हक निर्वाध ढंगले स्थापित गर्न सरकारलाई उच्चस्तरीय कुटनीतिक र राजनीतिक पहल गर्न फेरि माग गर्ने निर्णय गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।अब बस्ने पार्टीको केन्द्रीय कार्यसमिति बैठकबाट कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले लागु गरेको लकडाउनको दुई महिनाको स्थितिका बारेमा समिक्षासँगै सीमाका बारेमा पार्टीको धारणा प्रष्ट पारिने कांग्रेसले जनाएको छ ।

प्रकाशित मिति : सोमबार, जेष्ठ १२ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij