रुकुम र जाजरकोटको नरसँहारको विरुद्धमा किर्तिपुरमा प्रदर्शन

रुकुम र जाजरकोटको नरसँहारको विरुद्धमा किर्तिपुरमा प्रदर्शन

काठमाडौं-रुकुम र जाजरकोटमा भएको अन्तरजातिय प्रेम सम्वन्धका कारण नवराज विक लगायत युवाहरुको सामुहिक नरसँहारको विरुद्धमा आज किर्तिपुरको लोकतान्त्रिक चोकमा प्रदर्शन भएको छ ।
जातीय विभेद तथा दलित माथिको हिंसाको विरुद्धमा गरिएको सो प्रदशर्नमा त्रिभुवन विश्वविधालयमा अध्ययनरत विधार्थी, युवा राजनैतिक कर्मि, साहित्यकार, मानवअधिकारकर्मी, स्थानिय समाजसेविहरु प्लेकार्ड लिएर शान्तिपूर्ण रुपमा धर्नामा सहभागि भएका थिए । कार्यक्रममा दलित गैर सरकारी सस्था महासघ डिएनएफका उपाध्यक्ष एव अधिकारकर्मी सुशील विके, नागरिक अधिकारकर्मी तेज सुनार, विद्यार्थी नेताहरु रवि सेन्चुरी, रामलाल विश्वकर्मा, लोकेश विश्वकर्मा, प्रेम विक र दिपा नेपाली लगायतका विधार्थीहरुको उपस्थिति रहेको थियो । त्यसै गरि मानवअधिकारकर्मि डा. पदमप्रसाद खतिबडा, केशरत्न बज्रचार्य र सहित्यकार सङ्गित स्रोता र लेखक बन्दना ढकाल लगायतले कार्यक्रममा एक्यवद्दता जनाउनुभएको थियो ।
सहभागिहरुले जातिय आधारमा हत्या कहिले सम्म? हामी कहिले सम्म मौन बस्ने ? अजित मिजार, नवराज वि.क हरु अझै कति मर्नु पर्ने, अन्तरजातिय विवाहको नाममा अझै कति युवायुवतिले आफ्ना् ज्यानको आहुति दिनु पर्ने जस्ता नारा लेखिएका प्लेकार्ड लिएर विरोध गरेका थिए । २१ शताब्दीमा पनि हाम्रो समाज मनुवादी सोचबाट माथि उठ्न नसकाले समाजमा दलित समुदाय साथै दलित समुदायका युवायुवतिहरु माथि विभिन्न नाममा हत्याहिंसा, कुटपित, यातना, अत्यचारले अझै पनि हाम्रो समाज ढुङ्गे युगमा नै रहेको छ ।

गणतान्त्रिक नेपालमा रुकुमको मानवता विरुद्दको घटनाले दलित लगायत सम्पुर्ण न्याय प्रेमि समुदायलाई मर्महात पारेकोले जतिसक्दो छिटो दोषिलाई कानुनि दायरमा ल्याइ कडा कारवाही गर्न र पीडितलाइ न्याय दिलाउन सहभागीहरुले माग गरेका थिए । वेपत्ताके खोजी गर्न पीडित परिवारलाइ राहत तथा क्षतिपूर्ति दिन, सरकारले वनाएको समितिले निष्पक्ष रुपमा जाचबुच गरी सत्यतथ्य वाहिर ल्याउन, घटनालाई राजनीतिकरण नगर्न सहभागीको माग थियो । यदि सरकारले यस घटनालाई कुनै बाहनामा चलखेल गरि दोषिलाई उम्काउन खोजे त्यसका विरुद्ध अझ शसक्त रुपमा आन्दोलन अगाडी बडाउने चेतावनी दिदै कार्यक्रमका संयोजक रवि सेन्चुरीले आन्दोलन दलितको मात्र नभएर न्याय प्रेमि सबैको भएकोले जातिय कुसंकारका विरुद्ध एक जुट भएर लड्नका निम्ति अनुरोध गरेका थिए । कार्यक्रमको संयोजन तथा पहलकदमी विद्यार्थी नेताहरु रवि सेन्चुरी र रामलाल राजवंशी विश्वकर्मा ले गरेका थिए ।

प्रकाशित मिति : मंगलबार, जेष्ठ १३ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij