बर्दघाट  सुस्ता पश्चिममा श्रीमानको हत्या अभियोगमा १ महिला पक्राउ

बर्दघाट  सुस्ता पश्चिममा श्रीमानको हत्या अभियोगमा १ महिला पक्राउ

नवलपरासी
बर्दघाट  सुस्ता पश्चिममा श्रीमानको हत्या अभियोगमा १ महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा प्रतापपुर गाउँपालिका–९, बेलाटारीकी ३६ वर्षीया पार्वतीदेवी चौधरी हुन् ।
घरमा मृत भेटिएका ३७ वर्षीय धर्मनाथ मुखिया चौधरी को घटनास्थलको अवस्था र शवको प्रकृति हेर्दा मृत्यु शंकास्पद देखिएपछि उनकी पत्नी पार्वतीलाई  नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय परासीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।
धर्मनाथ आफ्नो घरको कोठाभित्र घाँटीमा नीलडाम, टाउकामा चोट र दुवै हातको नाडी काटिएको मृतावस्थामा फेला परेका थिए । अभियुक्त पार्वतीविरूद्ध आवश्यक अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : शुक्रबार, जेष्ठ १६ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij