काठमाडौं ।
कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक बसिरहेको छ सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसिरहेको बैठकमा लकडाउनको समीक्षा भइरहेको बताइएको छ
एक मन्त्रीले दिएको जानकारी अनुसार आजको बैठकमा लकडाउनको दुई महिने अवधिको समीक्षा गरिनेछ । आगामी दिनमा यही मोडालिटीलाई निरन्तरता दिने कि, आर्थिक गतिविधिलाई खुकुलो बनाउने गरी निरन्तरता दिने भन्ने विषयमा छलफल हुनेछ ।“खेतीपातीको समय भएकाले लकडाउनको अहिलेको मोडालिटीलाई थप हेरफेर त गर्नुपर्छ नै, कोरोना सङ्क्रमण बढ्दो अवस्थामा रहेकाले खुकुलो बनाइहाल्ने अवस्था पनि छैन । समितिमा आएका सुझावहरूकै आधारमा लकडाउनको मोडालिटी तय हुन्छ,” एक मन्त्रीले भने ।
आजको बैठकमा विदेशमा रहेका नेपालीहरू ल्याउने विषयमा पनि छलफल हुने छ । त्यस्तै भारतबाट ठूलो सङ्ख्यामा नेपालीहरू आइरहेकाले उनीहरूको व्यवस्थापन र क्वारेन्टाइनका सन्दर्भमा पनि निर्णय लिने ती मन्त्रीको भनाइ छ ।
प्रकाशित मिति : शुक्रबार, जेष्ठ १६ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्