बाजुराकी २ वर्षीया बालिकाकाे काेराेनाकाे कारण मृत्यु भएकाे पुष्टि

बाजुराकी २ वर्षीया बालिकाकाे काेराेनाकाे कारण मृत्यु भएकाे पुष्टि

बाजुरा – बाजुराकी दुई वर्षीया बालिकाकाे काेराेना भाइरसकाे कारण मृत्यु भएकाे पुष्टि भएकाे छ । जिल्ला अस्पतालकाे आइसोलेशनमा राखिएकी बूढीगङ्गा नगरपालिका १ घर भएकी दुई वर्षीया बालिकाकाे आइतबार बिहान मृत्यु भएको थियो ।

उनको मृत्यु भएपछि स्वाब परीक्षणकाे लागि सेती प्रादेशिक प्रयोगशालमा पठाइएको थियो । आइतबार दिउँसो आएको रिपोर्टमा उनकाे काेराेना भाइरसकाे कारण मृत्यु भएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

मृतक बालिकाकी २३ वर्षीया आमालाई पनि कोरोना पुष्टि भएको छ । मृतक बालिकाकाे बुवाको रिपोर्ट भने नेगेटिभ आएको छ । मृतक बालिका, आमा र बुवालाई जेठ १५ गते आइसोलेशनमा राखिएको थियो ।

दुई वर्षीया बालिकामा पखाला, ज्वरो, श्वासप्रश्वासलगायत समस्या देखिएकाे थियाे । बालिकाकाे अवस्था निकै चिन्ताजनक रहेको र उनलाई बचाउन नसकिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

आठ दिनअघि उनको परिवार भारतबाट आएकाे थिए । भारतबाट आएका उनीहरुलाई पहिले बूढीगङ्गा नगरपालिकाको क्वरेण्टीनमा राखिएको थियो । पछि बालिका बिरामी भएपछि, बिहीबार साँझ सदरमुकाम मार्तडीमा रहेको आइसोलेशनमा ल्याइएको थियो ।

अब नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या आठ पुगेको छ ।

प्रकाशित मिति : आइतबार, जेष्ठ १८ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij