सोमबार थप १३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १८११ पुग्यो

सोमबार थप १३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १८११ पुग्यो

काठमाडौं – सोमबार थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमवार थप १३ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएको छ। मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार कपिलवस्तुका ७ जना पुरुषमा संक्रमण पुष्टि भएको छ। यस्तै, पाल्पाका दुईजनामा संक्रमण पुष्टि हुँदा नवलपरासी, गुल्मी र रुपन्देहीमा एकएकजनामा संक्रमण देखिएको छ। उनीहरु सैबको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा परीक्षण गरिएको थियो। सोमबार पुष्टि भएका १३ जनासँगै नेपालमा जम्मा संक्रमितको संख्या १ हजार ८ सय ११ पुगेको छ। यसअघि सोमबार दिउँसो मात्रै स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले २ सय २६ जनामा संक्रमण पुष्टि भएको बताएका थिए।

प्रकाशित मिति : सोमबार, जेष्ठ १९ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij