रुपन्देही।
तत्काल कर बुझाउने सम्बन्धी निर्णय फिर्ता लिन सरकार संग प्रदेश सभा रुपन्देही क्षेत्र नं २ क नेपाली कांग्रेसले जोेडदार माग गरेको छ । लकडाउनको बिचमै कर बुझाउन सरकारले उर्दी जारी गरेको भन्दै बिरोध गरेको हो ।प्रदेश सभा रुपन्देही क्षेत्र नं २ क का सभापति माधवलाल देवकोटाले बिज्ञप्ति जारी गर्दै बिषम र असहज परिस्थितीमा अव्यवहारिक, अप्राकृतिक र अस्वभाविक रुपमा सरकारले जेठ २५ गतेसम्म कर तिर्न सुचना जारी गर्नु गैरजिम्मेवारीताको पराकाष्ट भएको बताउनु भएको छ ।
सभापति देबकोटाले लकडाउनले सबै क्षेत्र तहसनहस भएको बेला तत्काल फिर्ता लिई लकडाउनको मारमा परेका उद्योगी, व्यबसायीलाई तत्काल राहत दिन आग्रह गर्नुभएको छ ।
बन्द भएका साना ठुला उद्योग कलकारखाना , श्रमिक बर्ग तथा कृषकहरुलाई राहत दिनुको सट्टा कर तिर्न ताकेता गर्नु सरकार नागरिकप्रति उदासिन छ भन्ने प्रष्ट भएको सभापति देवकोटाले बिज्ञप्तिमा उल्लेख गर्नुभएको छ । आम नागरिकलाई पिडा माथी पिडा थप्ने निर्णय तत्काल फिर्ता गर्न कांग्रेसले माग गरेको छ ।

प्रकाशित मिति : बुधबार, जेष्ठ २१ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्